• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश ★   तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ: अध्यक्ष नेपाल ★   बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक ★   सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरु पुन: आन्दोलनमा ★   सिङ्गापुरका पूर्व प्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना ★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती

आज २५६७औँ बुद्ध जयन्तीः बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै



काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कनुभयो ।