६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमित सङ्ख्या निरन्तर ओरालो



अ+ अ-

काठमाडौं । कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । विगत २४ घण्टामा थप दुई हजार ४०७  जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ९९४ जना सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा  हालसम्म  कोरोना  सङ्क्रमितको सङ्ख्या  छ लाख  नौ हजार १८५  पुगेको छ । कोरोना  निको हुनेको सङ्ख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ    ।

विगत २४ घण्टामा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कारोना  सङ्क्रमणबाट  मृत्यु  हुनेको सङ्ख्या  आठ  हजार ४१२  पुगको छ । नेपालमा  हालसम्म  ३२  लाख  १४  हजार ७२५ जनाको पीसीआर परीक्षण  गरिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले आइतबार सात   हजार ५१७ जनाको पीसीआर र चार हजार ८८९  जनाको एन्टिजन विधिबाट  परीक्षण गरिएको जानकारी दिए । कुल  १२ हजार ४०६  जनाको परीक्षण गरिएको  मा  दुई  हजार ४०७ जनालाई  कोरोना पुष्टि भएको हो   । 

विगत  २४  घण्टामा काठमाडौं उपत्यकामा ६५३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका  अनुसार काठमाडौ  ँमा  ४८३,  भक्तपुर  मा  ५८  र ललितपुमा ११२ जना सङ्क्रमित थपिएका हुन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।