• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेट



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

उहाँहरुबीच संवैधानिक परिषदको बैठक, समसामयिक राजनीतिलगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभएको छ ।

एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेको थियो ।

बज्राचार्यका अनुसार एमालेबाट निर्वाचित जनप्रतिनिधिले यस विषयमा गुनासो गरेपछि अध्यक्ष ओलीले उनले प्रधानमन्त्रीलाई बजेट कटौती नगर्न आग्रह गर्नुभएको छ ।