२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बादलका छोरा प्रतीकको प्रतिक्रिया: राजनीतिक प्रतिसोध साँध्न आरोप लगाएका हुन्, अनुसन्धानमा सघाउँछु



अ+ अ-

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक प्रतिसोध साँध्न आफुमाथि आरोप लगाएको दाबि गरेका छन् ।

शरणार्थी प्रकरणमा प्रतीकको संलग्न रहेको भन्दै प्रहरीबाट पक्राउ पूर्जी जारी भएपछि उनले आफूविरुद्ध षड्यन्त्र भएको बताएका हुन् ।

प्रेस वक्तव्य जारी गर्दै प्रतीकले संवेदनशील विषय भएकोले छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्, ‘मविरुद्ध आज पनि गलत अभिप्रायकासाथ तथ्यहीन प्रचार र आरोपहरू लगाउने क्रम जारी छ । राजनीतिक प्रतिशोधजस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढावा दिने हो ?  भन्ने कुरा बुझ्न जरुरी छ । हामीले गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेका छौँ ।’

उनले आफ्नो बुबा गृहमन्त्री भएको बेलामा जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी कटिबद्ध भएर काम गरेको उल्लेख गरेका छन् ।