२२ असार २०८३, सोमबार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फास्ट ट्रयाकको लागत ४५ अर्बले बढाउन सेनाको प्रस्ताव



अ+ अ-

काठमाडौँ । नेपाली सेनाले काठमाडौँलाई तराई/मधेससँग जोड्ने काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)लागत करिब रु ४५ अर्बले बढाउन प्रस्ताव गरेको छ । निर्धारित समयमा परियोजना सम्पन्न नगरेर आलोचना खेपिरहेको सेनाले फेरि लागत बढाउन प्रस्ताव गरेको हो ।

सुरुमा रु १७५ अर्ब लाग्ने अनुमान गरिएको सो आयोजनाको लागत बढाएर करिब रु २१५ पुर्याइएको थियो । अहिले फेरि त्यसबाट बढाएर रु २६० अर्ब बनाउने तयारी भइरहेको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

सेनाले रक्षामन्त्रालयसँगको छलफलमा लागत बढेर रु २६० अर्ब पुग्ने ब्रिफिङ गरेको थियो । आयोजनको भौतिक प्रगति चैतसम्म २२ प्रतिशत मात्र छ । नेपाली सेनाले समयमा निर्माण सम्पन्न गर्छ र गुणस्तरीय काम हुन्छ भन्ने मान्यताले सरकारले द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिएको थियो ।

सरकारले द्रुतमार्ग निर्माणको म्याद २०८३ चैत मसान्तसम्मका लागि थप गरेको छ । मन्त्रिपरिषदको बैठकले १९ महिना अगावै आयोजनाको म्याद २८ महिना थप गरेको हो । समाचार आजको नागरिक दैनिकमा छ ।