१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फास्ट ट्रयाकको लागत ४५ अर्बले बढाउन सेनाको प्रस्ताव



अ+ अ-

काठमाडौँ । नेपाली सेनाले काठमाडौँलाई तराई/मधेससँग जोड्ने काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)लागत करिब रु ४५ अर्बले बढाउन प्रस्ताव गरेको छ । निर्धारित समयमा परियोजना सम्पन्न नगरेर आलोचना खेपिरहेको सेनाले फेरि लागत बढाउन प्रस्ताव गरेको हो ।

सुरुमा रु १७५ अर्ब लाग्ने अनुमान गरिएको सो आयोजनाको लागत बढाएर करिब रु २१५ पुर्याइएको थियो । अहिले फेरि त्यसबाट बढाएर रु २६० अर्ब बनाउने तयारी भइरहेको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

सेनाले रक्षामन्त्रालयसँगको छलफलमा लागत बढेर रु २६० अर्ब पुग्ने ब्रिफिङ गरेको थियो । आयोजनको भौतिक प्रगति चैतसम्म २२ प्रतिशत मात्र छ । नेपाली सेनाले समयमा निर्माण सम्पन्न गर्छ र गुणस्तरीय काम हुन्छ भन्ने मान्यताले सरकारले द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिएको थियो ।

सरकारले द्रुतमार्ग निर्माणको म्याद २०८३ चैत मसान्तसम्मका लागि थप गरेको छ । मन्त्रिपरिषदको बैठकले १९ महिना अगावै आयोजनाको म्याद २८ महिना थप गरेको हो । समाचार आजको नागरिक दैनिकमा छ ।