१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीको प्रवद्र्धनका लागि टिकटक प्रतियोगिता हुने



अ+ अ-

काठमाडौँ । २५६७ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८० विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । बुधवार लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरी वैशाख २२ गते शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरेर बुद्धजयन्ती मनाउने बताएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने भएको हो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बिहान ७ देखि ९ बजेसम्म ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति ¥याली निकालिने बताउनु भयो ।

उहाँले वैशाख २१ गते बिहीवार मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र साँझ ७ देखि मध्यरात १२ बजेसम्म महापरित्राण हुने तथा बुद्ध पूर्णिमाको अवसरमा अबदेखि लुम्बिनी परिसर ‘हर्न निषेध’ गरिने बताउनु भयो । उहाँले लुम्बिनीको प्रवद्र्धनका लागि टिकटक प्रतियोगिता गरिने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अक्टोबर, नोभेम्बरमा हामी बौद्ध सम्मेलन गर्नेछौँ । त्यो समयमा हामी साहित्य पुरस्कार पनि वितरण गर्ने भनेका छौँ । लुम्बिनीको प्रमोसनका लागि टिकटक प्रतियोगिता गर्दैछौँ ।’

उहाँले वैशाख २२ गते पण्डितपुरदेखि बुद्धको अस्तधातु रहेको रामग्रामसम्म ‘अस्तधातु यात्रा’ गरिने भएका पनि बताउनु भयो ।