२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभासको ‘बाहुबली’को रेकर्ड आफ्नै ‘आदिपुरुष’ले तोड्ने



अ+ अ-

एजेन्सी । सुपरहिट फिल्म 'बाहुबली' फेम स्टार प्रभास अभिनित बहुप्रतिक्षित फिल्म 'आदिपुरुष'को बजेट ५०० करोड रहेको छ । 

मिडिया रिपोर्ट अनुसार ओम राउतको निर्देशनमा बन्दै गरेको यस फिल्मले भिएफएक्सको मामलामा प्रभासको पछिल्लो सुपरहिट फिल्म 'बाहुबली २ः द कन्क्लुजन'को रेकर्ड तोड्ने भएको छ । 

एसएस राजामौलीको निदेशनमा बनेको बाहुबली २ हालसम्म २५०० भिजुअल इफेक्ट्सका साथ सबैभन्दा बढी भिएफएक्सवाला फिल्म रहेको छ । जबकि आदिपुरुषमा ८००० भिएफएक्स शट्सको प्रयोग गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

जुन बाहुबलीको तुलनामा तीन गुणा भन्दा बढी रहेको छ । निर्माण टिमले कोरोना महामारी सामान्य भएपछि फिल्मको सुटिंग सुरु गर्ने तयारी गरेका छन् । फिल्म अर्को वर्ष २२ अगस्टमा रिलिज तोकिएको छ । प्रभासका अलावा फिल्ममा कृति सेनन र सैफ अली खान पनि प्रमुख भूमिकामा छन् ।