• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन १८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

यस्तै, बुधबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो उक्त सुन एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार चार सय २५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।