६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्न लिएको लक्ष्य हावादारी भएको प्रमाणित भयोः पूर्वअर्थमन्त्री पौडेल (भिडियोसहित)

सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्न लिएको लक्ष्य हावादारी भएको प्रमाणित भयोः पूर्वअर्थमन्त्री पौडेल (भिडियोसहित)
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको दाबी गर्नुभएको छ ।

मंगलवार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे बुटवलमा न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले यस्तो दाबी गर्नुभएको हो । उहाँले मंगलवार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपणले अघिल्लो सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने राखेको लक्ष्य हावादारी भएको प्रमाणित भएको बताउनु भयो ।

उहाँले उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने तथ्याङ्क विभागको प्रक्षेपणले मुलुकको अर्थतन्त्र संकट र मन्दिमा गएको संकेत गरेको बताउनु भयो । पूर्वअर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको दाबी गर्नुभयो ।

उहाँले पछिल्ला दुई वटा आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेकाले मुलुकको अर्थतन्त्र जोखिममा परेको प्रमाण भएको बताउनु भयो । उहाँले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र क्रमशःसंकट र मन्दीमा धकेलिरहेको आरोप लगाउनु भयो। उहाँले एमाले नेतृत्वको सरकारले अत्यन्त विषम परिस्थिति नाकाबन्दीको बिरुद्धमा लड्दा,पूर्णनिर्माण गर्नुपर्ने अवस्था र कोरोना महामारीको बिरुद्धमा नेपाल जुधिरहेको अवस्थामा समेत अर्थतन्त्र बिग्रनबाट जोगाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रतिवेदनको आधारमा हेर्दा मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको देख्न सकिन्छ । पछिल्ला दुई वटा आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेको तथ्याङ्क विभागमा उल्लेखित छ । यो अवस्था भनेको मुलुकको अर्थतन्त्र जोखिममा पर्यो भन्ने अवस्थाको प्रमाण हो । त्यसैगरी विभागले प्रकाशित गरेको पछिल्ला दुई आर्थिक वर्षका त्रैमासिकको तुलना गर्दा आर्थिक वृद्धिदर ०.७३ प्रतिशतले ऋणात्मक देखिन आएको छ ।

यसले देशको अर्थतन्त्र पूर्णतः मन्दीमा प्रवेश गर्यो भन्ने प्रमाण हो । वर्तमान सरकारको नेतृत्वमा देशको अर्थतन्त्र क्रमशःसंकटको दिशामा र मन्दीमा धकेलिएको छ । एमाले नेतृत्वको सरकारले अत्यन्त विषम परिस्थितिमा नाकाबन्दीको बिरुद्धमा लड्दा,पूर्णनिर्माण गर्नुपर्ने अवस्था पनि ठिक ठाउँमा ल्याउन सकेको थियो । कोरोना महामारीको बिरुद्धमा सिङ्गो विश्वसहित नेपाल पनि जुधिरहेको अवस्थामा अर्थतन्त्र बिग्रनबाट जोगाएको थियो । तर अहिलेको गठबन्धन सरकारले बजेट प्रश्तुत गरिरहेको थियो । त्यो बेला देशको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल गर्न सकिन्छ भन्ने महत्वकांक्षि लक्ष्य लिएको थियो ।

तथ्याङ्क विभागको प्रतिवेदनलाई हेर्दा उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । यो तथ्याङकले चालु आर्थिक वर्षमा सरकारले ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लिएको लक्ष्य हावादारी थियो भन्ने कुरा पुष्टि गर्दछ । मुलुक आर्थिक रुपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आइपुगेको छ । तर वर्तमान सरकारलाई अर्थतन्त्रका चुनौति अवस्थाका बारेमा कुनै चासो चिन्ता छैन । यो अवस्थाबाट मुुलुकलाई कसरी जोगाउने कुनै पहलकदमी छैन । सरकार बेसरोकारको अवस्थाबाट गुज्रिएरहेको अवस्था छ । यो मुलुकको लागि चिन्ताको विषय हो । अहिलेसम्मका सरकारका काम कारबाहीहरु हेर्दा अर्थतन्त्रमा देखिएको चुनौतिलाई समाधान गर्न कुनै प्रभावकारी पहल गर्ला भनेर अनुमान गर्नसक्ने अवस्था छैन ।’

उहाँले मुलुक आर्थिक रुपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आइपुग्दा समेत वर्तमान सरकारलाई अर्थतन्त्रका चुनौतिका बारेमा कुनै चासो चिन्ता नभएको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रको चुनौतिबाट मुुलुकलाई जोगाउन कुनै पहलकदमी नगरेको बताउनु भयो । उहाँले सरकार अर्थतन्त्रका चुनौति समाधान गर्नुुपर्ने अवस्थामा बेसरोकारको अवस्थाबाट गुज्रिएरहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या मुलुकको लागि चिन्ताको विषय भएको उल्लेख गर्नुभयो ।