३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र यूएईको बाँकी खेल आज, प्रवेश निःशुल्क



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी एसिसी मेन्स प्रिमियर कपको फाइनलको बाँकी खेल आज हुँदैछ । हिजो वर्षाका कारण खेल रोकिएपछि आज सोही खेललाई निरन्तरता दिइनेछ । आज विहान ९ बजेदेखि हिजो रोकिएको ओभरबाट खेल सुरु हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिने भएको छ । हिजो भने टिकटको मूल्य प्रतिव्यक्ति दुई सय राखिएको थियो । हिजो टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएपछि वर्षाले खेल स्थगित भएको थियो ।

नेपालका लागि ललित राजवंशीले हिजोको खेलमा अन्तिम दुई बलमा दुई विकेट लिएपछि आज उनी ह्याट्रिक लिने उद्देश्यका साथ मैदानमा उत्रने छन् । आज पनि वर्षाको उत्तिकै सम्भावना छ । यदी आज पनि वर्षाका कारण खेल हुन सकेन भने नतिजा सुपर ओभरका आधारमा निकालिनेछ । वर्षाका कारण सुपर ओभर पनि सम्भव नभएमा नेपाल ओडीआई बरियताका आधारमा स्वतः एसिया कपका लागि छनोट हुनेछ । ओडीआई बरियतामा नेपाल १४औँ र यूएई १९औँ स्थानमा छन् ।