६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउमाथि बैङ्लोरको १८ रनको जीत



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले सन्सनीपूर्ण जीत हात पारेको छ । ‘लो स्कोरिङ’ खेलमा बैङ्लोरले लखनउ सुपर जायन्टलाई सुरुवातदेखि नै दबाबमा राख्न सफल भएपछि जीत निकाल्न सफल भयो ।

बैङ्लोरलेदिएको १२७ रनको लक्ष्य पछ्याएको लखनउ १९ दशमलव ५ बलमा १०८ रनमा अलआउट भयो बैङ्लोर १८ रनले विजयी भयो ।

लक्ष्य पछ्याएको लखनउले पहिलो ओभरको दोस्रो ओभरमा पहिलो विकेट गुमायो । सुरुवातदेखि नै दबाबमा परेको लखनउले पावरप्लेमा चार विकेटको क्षतिमा जम्मा ३४ रन मात्रै बनाउन सक्यो ।

महत्वपूर्ण मानिएका ब्याटर के एल राहुल घाइतेभएपछि केइली मायर्स र आयूश बोडानीको आपनिङले चल्न सकेन । लखनउका लागि सर्वाधिक कृष्णाप्पा गौतमले २३ रन बनाए भने अमित मिश्रले १९, कुणाल पाण्डेले १४ रन बनाए ।

पहिले ब्याटिङ गरेको बैंङ्लोरका लागि फ्याप डुप्लेसीले ४४, विराट कोहलीले ३१ र दिनेश कार्तिकले १६ रन बनाए । लखनउका लागि नवीन उल हकले तीन विकेट लिए ।