• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

झरीले छेकेन दर्शकको उत्साह- फोटो फिचर



काठमाडौँ । कीर्तिपुरस्थित टियु मैदानमा जारी एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्द खेल वर्षाले रोकिएको हो। पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु लगाइएको छ ।

नेपालका ललित राजवंशी ह्याट्रिक बलको अवस्थामा रहेकै बेला वर्षाका कारण पुनः अवरुद्ध बनेको हो । यसअघि पनि खेलको १६औँ ओभर सकिँदा खेल रोकिएको थियो ।

तर वर्षाका कारण दुई–दुई पटक खेल अवरुद्ध हुँदा पनि खेल हेर्न पुगेका दर्शकहरू भने धैर्यतापूर्वक मैदानमै बसेका छन् । उनीहरुले झरीको कुनै पर्वाह नगरी छाता ओढेर खेल सुरु हुने प्रतीक्षा गरिरहेका छन् ।

बिहानैदेखि टीयू मैदान दर्शकले भरिएको थियो । हल्का वर्षा हुँदा पनि खेल सुरु भएको थियो । खेल सुरु भएपछि दर्शकले कोही छाता ओढेर कोही भिज्दै खेल हेरिरहेका थिए । उनीहरुले नेपाली खेलाडीहरुलाई हौसला बढाइरहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत् नेपाली दर्शकको यो उत्साहपूर्ण सहभागिता तथा माया र हौसलाका लागि धन्यवाद व्यक्त गरेको छ।

आजको खेलमा युएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेमा नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।

वर्षाका कारण आजको खेल अवरुद्ध हुने सम्भावना छ । तर, आज पुरै खेल हुने अवस्था नदेखिए भोलि फाइनलका लागि रिजर्भ डे राखिएको छ ।

पहिलो इनिङ सकिएर दोस्रो इनिङको खेल २० ओभरसम्म भए डकवर्थ लुईस पद्धति (डिएलएस)बाट खेलको नतिजा लिइनेछ । त्यो पनि सम्भव नभएमा सुपर ओभर गर्ने समय रहे सुपर ओभरबाट नतिजाको छिनोफानो लगाइनेछ । पहिलो सुपर ओभर टाई भए , दोस्रो सुपर ओभर हुनेछ । यदि त्यो पनि टाई भए, एकदिवसीय वरियतामा अगाडि रहेको टिमले एसिया कपमा स्थान बनाउनेछ ।

फाेटाे -नेपाल क्रिकेट संघ (क्यान)