• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता ★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली

रास्वपाको बैठक: सरकारलाई दिएको समर्थन बारे छलफल



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अहिले बसिरहेको छ । केन्द्रीय समितिको बैठक विहान ११ बजे बस्नेछ भने संसदीय दलको बैठक आज दिउँसो ३ बजे तय भएको छ ।

पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकमा विभिन्न विषयमा छलफल हुने बताइएको छ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुने विषयमा छलफल गर्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान पार्टी सभापति रवि लामिछानेसँगको भेटमा सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो । तर लामिछानेले भने कुनै प्रतिक्रिया दिनुभएको छैन । आज बस्ने बैठकले सरकारमा सहभागी हुने वा दिएको समर्थन फिर्ता भन्ने विषयमा निर्णय लिन सक्नेछ ।

यही वैशाख १० गते चितवन क्षेत्र नं २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएपछि पार्टी सभापति लामिछानेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गर्नुभएको थियो ।

“सरकारलाई (दिएको समर्थनको) निरन्तरताको औचित्य देखिएको छैन। त्यस कारण काठमाडौँ फर्किसकेपछि हामी छलफल गर्छौँ”, उहाँले भन्नुभएको थियो ।

“स्थिरता नै रहोस् भनेर समर्थन गरिदिएका हौँ। तर स्थिरताकै नाममा जे पनि गर्नुलाई नोटिसमा लिएका छौँ”, उहाँले भन्नुभएको थियो ।

तर प्रधानमन्त्री प्रचण्डले रास्वपा आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिनुभएको थियो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।” रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको जनाउँदै उहाँले यसैमा उहाँ अडिनुहुन्छ भन्ने आफूलाई नलागेको बताउनुभयो ।

सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री प्रचण्डले बताउनुभएको थियो । रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “रास्वपका अध्यक्ष रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।”

आजै दिउँसो पार्टीको संसदीय दलको बैठक बस्दैछ । संसदीय दलको नेताबाट डिपी अर्यालले राजीनामा दिएपछि हाल उक्त पद खाली छ । अर्यालले पार्टी सभापति लामिछाने नै दलको नेता हुनुपर्ने भन्दै राजीनामा दिनुभएको थियो ।