९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना तेस्रो लहरको जोखिममा बालबालिका



अ+ अ-

काठमाडौं । काठमाडौं सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने औंल्याएको हो । हालसम्म देशभर १० वर्ष उमेर समूहसम्मका १४ हजार ३ सय १६ जनामा संक्रमण देखिएको छ ।

कुल संक्रमितमध्ये १४ हजारभन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ । कुल संक्रमितमध्ये ६ प्रतिशतभन्दा बढी बालबालिकामा कोरोना पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार देशभर कुल जनसंख्याको ४१.८४ प्रतिशत बालबालिका छन् । केही दिनयता संक्रमित संख्या घटेको देखिए पनि जोखिम कायमै रहेको जनस्वास्थ्य विज्ञले सचेत गराएका छन् । अबको जोखिम बालबालिकामा हुनसक्ने भन्दै मन्त्रालयले सबै अस्पताललाई कुल शय्याको २० शय्या तयारी अवस्थामा राख्न आग्रहसमेत गरेको छ ।

स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार स्वीकृत शøयाको २० प्रतिशत १० संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी छुट्याउन आग्रह गरिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल कोरोना उच्च जोखिममा बालबालिका रहेको औंल्याउँछन् । ‘बालबालिकाका लागि खोप उपलब्ध छैन, यसकारण अभिभावकलाई संक्रमण लक्षणलगायत विषयमा सन्देशमुलक सूचना बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘हाल, बालबालिकाका लागि खोप ट्रायल भए पनि नतिजा आउन सकेको छैन ।’

यसैबीच, सोमबार देशभर २ हजार ९ सय १८ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ४ सय ३८ जनाको पीसीआर र ५ हजार ३ सय ८१ जनाको एन्टीजेन परीक्षण गर्दा यस्तो संख्या देखिएको हो । यसअघि, आइतबार २ हजार ४ सय ७ जनामा कोरोना देखिएको थियो । पछिल्लो २४ घण्टामा देशभर ५३ संक्रमितको मृत्यु भएसँगै हालसम्म मृतक संख्या ८ हजार ४ सय ६५ पुगेको छ । २४ घण्टामा देशभर ५ हजार १ सय ४७ संक्रमित निको भएका छन् । संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ ।

नेपालमा हालसम्म ५ लाख ३६ हजार २ सय ५२ संक्रमित निको भइसकेका छन् । हाल, देशभरका अस्पतालमा ९ सय ९५ आईसीयू र ३ सय २४ जना संक्रमित भेन्टिलेटरमा छन् । जसअन्तर्गत् प्रदेश १ मा १ सय ६३ आईसीयू र ५९ भेन्टिलेटर, प्रदेश २ मा ४७ आईसीयू र १० जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ५ सय ७४ आईसीयू र २ सय ५ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ८४ आईसीयू र १८ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ८० आईसीयू र १५ भेन्टिलेटर, कर्णालीमा १९ आईसीयू र ९ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २८ जना आईसीयू र ८ जना भेन्टिलेटरमा उपचाररत छन् । राजधानी दैनिक