• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

महावीरलाई सघाउन अभिनेता महेश माइतीघर पुगे



काठमाडौँ । अभिनेता महेश त्रिपाठीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई ऐक्यबद्धता जनाएका छन् ।

संस्थापक पुनले गत शुक्रबारदेखि विभिन्न माग राखेर आन्दोलन जारी राखेका छन् । वैज्ञानिक अनुसन्धान तथा नवप्रवर्तन लागि सरकारले कोष स्थापना गर्नुपर्नेलगायतका मागसहित पुन माइतीघरमा धर्नामा बसेका हुन् ।

धर्नास्थल पुगेर पुनको आन्दोलनमा ऐक्यबद्धता जनाएको उल्लेख गर्दै अभिनेता त्रिपाठीले सामाजिक सञ्जालमा लेखेका छन्ः

यसकारण मेरो ऐक्यबद्धताः
कयौं वैज्ञानिक मस्तिष्कहरु आज हाम्रो देशको नीतिका कारण कि त विदेशीयका छन् कि त्यो पेसाबाट नै पलायन । यदि कुनै देशमा सिर्जना मर्यो भने त्यो देशको कुनै आफ्नो अस्तित्व हुँदैन त्यो देश मरे तुल्य हुन्छ । आज जति पनि विकसित देशहरू छन्, हाम्रा दाजुभाइहरु रोजगारीका लागि त्यहाँ पुग्नुपरेको छ । ति देशहरूले आफ्नो देशमा भएका नव प्रवर्द्धन/अनुसन्धानहरुलाई संरक्षण गरेकै कारण त्यो स्थानमा पुगेका हुन् । कसैलाई पनि आफ्नो परिवारसँग टाढा रहेर आफ्नो माटो छोडेर रहरले होइन बाध्यताले पुग्नु परेको हुन्छ । हरेक क्षेत्रका सिर्जनाहरुलाई सम्मान गर्ने अनुसन्धान र नवप्रवर्धनलाइ संरक्षण गर्ने नीति अब राज्यको बनोस् । यो आन्दोलन निर्णायक आन्दोलन हुनेछ । त्यसैले म आज माइतीघर पुगे मेरो ऐक्यबद्धता छ ।

त्रिपाठी अभिनित चलचित्र ‘प्रसाद–२’ हलमा लागिरहेको छ भने उनले अमेरिकाको पुरानो फिल्म फेस्टिभल मध्ये ओर्ड फेस्टमा उत्कृष्ट अभिनेताको अवार्ड तथा अन्य थुप्रै चलचित्र महोत्सवहरुमा छनोट भएको चलचित्र ‘हल्कारा’ वैशाख–२९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । चलचित्रको प्रचार छोडेर उनी शनिबार दिउँसो आन्दोलनमा सहभागी हुन माइतीघर पुगेका थिए । उनि त्यहाँ करिब तिन घण्टा आन्दोलनमा सहभागी भएका थिए । चलचित्रको प्रचारप्रसार छोडेर यता भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् – देश रहे हामी रहने न हो, अनुसन्धान , नवप्रवर्धनसँग मेरो पुरानो साइनो छ । त्यसैले म आज चलचित्रको काम थाती राखेर यता आएको हुँ ।

त्यसो त उनी आन्दोलनमा सहभागी हुनुको कारण छ । उनी सानै उमेरदेखि विज्ञान र प्रविधिमा रुचि राख्ने व्यक्ति हुन् । उनी नेपालमै पहिलो गाउले विद्यार्थीले रोबोट बनाउने व्यक्ति समेत हुन् । इलोक्ट्रोनिक इन्जिनियर अध्ययन गरिरहँदा २०६४ सालमा नेपाल रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको स्थापना गरेर उनले म्याग्नेटिक इन्जिन, वाटर इन्जिन लगाएत वैकल्पिक उर्जाको अनुसन्धान र परिक्षणमा समेत काम गरेका थिए । नयाँ आविस्कारमा सघाउ पुर्याउन संस्था स्थापना गरेका उनै महेश महावीरलाइ सघाउन माइतीघर पुगेका हुन् ।