२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइरीको सांसद पद निलम्बन हुने



अ+ अ-

काठमाडौँ । फौजदारी अभियोग लागेपछि फरार एमाले सांसद लक्ष्मी महतो कोइरी अन्ततः निलम्बनमा पर्ने भएका छन् । नयाँ प्रतिनिधिसभा नियमावली बनेपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको सूचना आइतबार संसद् सचिवालयमा पुनः पठाएपछि उनलाई निलम्बन गर्ने तयारी सभामुखले गरेका हुन् । प्रतिनिधिसभाको नयाँ नियमावलीले फरार अभियुक्तलाई पनि निलम्बन गर्ने व्यवस्था गरेको छ ।

संसद्मा कोइरीको अनुपस्थितिबारे प्रश्न उठेपछि सभामुख देवराज घिमिरेले फरारको सूचना पठाउन प्रहरीलाइै रुलिङ गर्नुभएको थियो । यसअघिको सूचना बमोजिम कारबाही भयोभएन भन्दा पनि आफू सभामुख भएपछि पुनः सूचना आवश्यक परेको भन्ने आशयका साथ उक्त रुलिङ भएको थियो । समाभुखमाथि कोइरीको पद लम्ब्याउन खोजेको आरोप लागेको आजको नागरिक दैनिकले समाचार लेखेको छ । कोइरी लगातार २१ वटा कारण बिरामी परेको भन्ने पत्र संसद सचिवालयमा पठाएका थिए ।