१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर आंशिदेखि मध्यम वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार देशैभरका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशका एक–दुई स्थानमा भने हावा हुरीको सम्भावना समेत छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ ।