• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द ★   गृहमन्त्री लामिछानेविरुद्धको रिट मल्ल र सुवेदीको इजलासमा ★   जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियो: प्रधानमन्त्री ★   एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै अघि बढिरहेका छौ: रवि लामिछाने ★   राजस्व सङ्कलनमा सामान्य वृद्धि ★   टी–२० विश्वकप: अष्ट्रेलियाले बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले हरायो ★   मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द ★   योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री (फाेटाे फिचर) ★   दुई पटक सत्ता यात्रा, नयाँ नेतृत्वका लागि महाधिवेशनको तयारी

रोजगारदाता र ट्रेड यूनियनबीच अझ बढी समझदारी र सहकार्य जरुरी : अध्यक्ष ढकाल



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारदाता र ट्रेड यूनियनबीच अझ बढी समझदारी र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उहाँले उद्योग व्यवसाय सञ्चालन र यसबाट रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनिकरण गर्न र सम्भावित समस्याको सामना गर्नुपर्ने कठिन समयमा रोजगारदाता र टे«ड यूनियनबीच अझ बढी समझदारी सहकार्यका लागि अपिल गर्नुभएको छ ।

श्रमिक आन्दोलनबाट प्राप्त उपलब्धी र औद्योगिक शान्ति स्थापनाको ऐतिहासिक क्षणको सम्झना स्वरुप मनाउँदै आइएको मे दिवसले सबैलाई संवाद र सहकार्यको माध्यमबाट सम्बन्ध विकास गर्न प्रेरित गरेको विश्वास लिएको उहाँको भनाइ छ ।

‘हामीबीचको सम्बन्धमा सुधार हुँदै गएको छ । यसलाई सकारात्मकरुपमा लिएका छौँ । सम्बन्धलाई बलियो बनाउन सहकार्य र सहयात्रामा जोड दिन चाहन्छु’, उहाँले भन्नुभयो । अहिले आफूहरु अनपेक्षित कठिन अवस्थामा रहेको भन्दैल उहाँले कोभिड महामारीबाट आर्थिक एवं सामाजिक क्षेत्रमा परेको प्रभावबाट बाहिर आउन लिइएको नीतिसँगै अर्थतन्त्र गतिशिल हुने अपेक्षाको समयमा विश्वव्यापी रुपमै देखिएको आर्थिक मन्दीले अर्थतन्त्र, उद्योग व्यवसाय र श्रम क्षेत्र अप्ठ्यारो अवस्थामा पुगेको बताउनुभयो ।

महासंघ रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले श्रम सम्बन्ध सहज बन्दै गएको भन्दै संवाद र सहकार्यको थालनीबाट श्रम सम्बन्ध सुधार र श्रम विवादको संख्यामा निकै कमी आएको बताउनुभयो । उहाँले यस सन्दर्भमा दीगो औद्योगिक शान्ति स्थापनामा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय स्तरमै देखिएको आर्थिक मन्दिको कारण उद्योग व्यवसाय र आर्थिक गतिविधिमा उल्लेखनीय कमी आइ मुलुक आर्थिक संकटतर्फ उन्मुख भएको भन्दै उहाँले यसबाट आउने सम्भावित समस्या र चुनौतीको सामना गर्न थप समझदारी र सहयोग आवश्यक रहेको बताउनुभयो ।