• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ ★   दोस्रो पटक विश्व कप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ ★   दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि ★   सत्ता समीकरणमा कुनै समस्या आएको छैन: उपप्रधानमन्त्री लामिछाने ★   टी २० विश्वकपः सुपर-८ का १२ खेल ४ रंगशालामा ★   पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो रु सात करोड ★   श्रीलंकाले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो ★   उपत्यकामा पेट्रोलियम पदार्थको अभाव- फोटो फिचर ★   सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिकाः प्रधानमन्त्री ★   पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा

एसिसी प्रिमियर कपः उपाधिका लागि नेपालले युएईसँग खेल्दै



काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दैछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यस खेलको विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कपमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ ।

नेपालले समूह ए को विजेता हुँदै फाइनलमा स्थान पक्का गरेको हो । कुवेतसँगको सेमिफाइनल खेल वर्षाको कारण नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो ।

उता युएईले सेमिफाइनलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अन्तिम बलमा विकेट लिँदै रोमान्चक रुपमा युएई फाइनलमा पुगेको थियो ।

आज फाइनल खेल वर्षाले प्रभावित हुने उच्च सम्भावना छ । काठमाडौंमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षा भएमा खेल जहाँ रोकिएको छ अर्को दिन अर्थात् मंगलबार त्यहिँबाट नै सुरु हुनेछ । यदि मंगलबार खेलको नतिजा आउन नसकेमा सुपर ओभर खेलाउन प्रयास गरिनेछ ।

सुपर ओभर टाई भएमा अर्को सुपर ओभर हुनेछ । तर सुपर ओभर पनि हुन सक्ने अवस्था नरहेको खण्डमा नेपाल आइसिसी वरियताको कारण एसिया कपमा पुग्नेछ । नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं छ ।