१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण नदी आठ घण्टापछि बग्न थाल्यो



फाईल फोटो
अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभामा मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ ।

आज बिहान करिब ८ बजे अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटमा पहिरो खसेर अरुण नदी थुनिएको थियो । पहिराले थुनिएको अरुण नदी विस्तारै ड्याम माथिबाट बग्न थालेको हो । अरुण नदी थुनिएको आठ घण्टापछि ड्याम भरिए बग्न थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । उपरीक्षक गोदारका अनुसार दिउँसो ३ बजेदेखि नदी आफ्नै धारमा फर्किएको हो । अरुण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो ।

बाँधमा पानी जमेपछि करिब २ किलोमिटर परसम्म ताल बनेको छ । टनेलको पानी निस्काशन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको थियो । अरुण नदीलाई बहाब परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेलमार्फत अरुण नदी मोडिएको थियो । आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाभर्सन टनेलमार्फत नदी बग्दै आएको थियो ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले अरुण नदी छेउछाउका वस्तीका बासिन्दालाई सजग हुन आग्रह गरेको छ । अरुण थुनिएपछि अरुण तेस्रोमा ड्याम साइडको काम पनि ठप्प भएको छ । अहिले आयोजनाको ड्यामसाइडको अस्थायी बाँधमा पानी भरिएको छ । रासस