१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको ‍छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–४ घर भई हाल काठमाडौं महानगर १ लाजिम्पाट बस्‍ने २७ वर्षीय सञ्‍जय रेग्मी रहेका छन् । उनीमाथि पीडितसँग ३० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।