१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महावीर पुन नेतृत्वको सामाजिक आन्दोलनमा राप्रपाको पनि ऐक्यवद्धता



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माईतीघर मण्डलामा जारी अनुसन्धान, नवप्रर्वतन र आविष्कारका लागि जारी सामाजिक आन्दोलन र धर्ना कार्यक्रमप्रति ऐक्यवद्धता जनाएको छ ।

आईतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीको धर्ना कार्यक्रम स्थल पुगेर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति आफ्नो पार्टीको साथ, सहयोग र समर्थन रहिरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको हो । त्यस अवसरमा उहाँले देशका लागि सुरु गरिएको सो सामाजिक आन्दोलन तथा धर्ना कार्यक्रममा साथ दिन पनि सिंगो देशबासीलाई अपिल गर्नु भयो । अध्यक्ष लिङदेनले सो आन्दोलनको माग देशका लागि भएकाले तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गर्नु भयो ।

उहाँले सो माग सरकारलाई पूरा गराउनका लागि बाध्य पार्नेगरी आन्दोलनको आँधिबेहरी सृजना गर्न पनि सिंगो देशबासीलाई आग्रह गर्नु भयो । अध्यक्ष लिङदेनले संसदमा पूरा गर्नुपर्ने माग हो भनेर भ्रम छर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘सरकार पक्षका मानिसहरुले आएर केही भ्रमपूर्ण कुराहरु पनि गरेजस्तो मैले बुझन पाए । यो त संसदले गर्नुपर्ने हो । मैले के गरौं भनेर प्रधानमन्त्रीले भनेजस्तो लाग्यो । यो काम एउटा प्रधानमन्त्रीले आएर भन्यो भने पुग्छ । संसदमा लैजानुपर्ने विषयहरु छैनन यसमा । सार्वजनिक खरिद ऐनले कुनै समस्या पार्छ भने त्यो खरिद ऐन सरकारले संशोधनको प्रस्ताव संसदमा ल्याओस् हामी भोली पास गर्न तयार छौं । सरकारले ऐनमा कुनै समस्या भए संशोधनको प्रस्ताव ल्याओस् । नयाँ ऐन बनाउनुपर्ने हो भने त्यो पनि प्रस्ताव लिएर आओस् । त्यसलाई पारित गर्न हामी तयार छौं । कुनै पनि ठूलो कुरा छैन ।

म फेरी पनि भन्छु–सरकारले ढिलो नगरोस् । यो लाजमर्दो स्थिति पालेर नराखोस् । यो लाजमर्दो स्थिति हो । देशका लागि बेइज्जतीको कुरा हो । सरकारले ध्यान दिनुपर्ने कुरा एउटा बैज्ञानिकले, एउटा व्यक्तिले अगाडि बढाईराखेको छ । र, पनि सरकारले यहाँ धर्ना सुरु भएको ७२ घण्टा भईसक्दा पनि सरकार नदेखेजस्तो गरेर बसेको छ । म फेरी पनि भन्छु–एक छिन पनि ढिला नगरोस् यो कामको लागि । र, जबसम्म सरकार कान खोल्दैन, आँखा खोल्दैन । र, यो निर्णयमा सहमत हुन आउँदैन । तबसम्म म फेरी पनि सम्पूर्ण देशबासीहरुसँग अपिल गर्न चाहन्छु–यो एउटा पार्टीको कुरा होइन, एउटा व्यक्तिको कुरा होइन । यो देशको कुरा हो । हामी सबैले ऐक्यवद्धता व्यक्त गरौं । देशभरबाट यो सामाजिक आन्दोलनलाई साथ दिऊ । र, आँधिबेहरी सृजना गरेर यो सरकारलाई झुकाएर यो हाम्रो देशको भविष्य र हाम्रो सन्ततिको भविष्यको बारेमा हामी एक होऊ भन्ने कुरा आग्रह गर्न चाहन्छु । र, यसमा हाम्रो पार्टीको पूर्ण साथ, सहयोग र ऐक्यवद्धता रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

अध्यक्ष लिङदेनले देशको भविष्य र सन्ततिको भविष्यका लागि एक बैज्ञानिक पुनले राख्नु भएको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारलाई चेतावनी दिनु भयो । त्यस अवसरमा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले आगामी आर्थिक वर्षमा विकास बजेटको एक प्रतिशत बजेट अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोषमा छुट्टयाउन सरकारसँग माग गर्नु भयो । उहाँले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि आफूहरुले सो आन्दोलन गर्नु परेको पनि पटकपटक दोहो¥याउनु भयो । पुनले भन्नु भयो, ‘पहिलो कुरा यो अनुसन्धान, नवप्रवद्र्धन र आविष्कार भन्ने जुन छ । यो जुन आन्दोलन चलिराखेको छ । यो के का लागि भन्दाखेरी यो बाटोमा बस्नका लागि होइन । रमाईलो गर्नका लागि होइन । यो चाँही देशको अर्थतन्त्र सुधार्नका लागि चालिएको कदम हो । अव भन्नु होला–यो आविष्कार, अनुसन्धान र नवप्रर्वतनको काम नभएको देशको अर्थतन्त्रमा सुधार नभएको हो । शान्ति नआएको हो । अशान्ति भएपछि देशमा के–के हुन्छ ? त्यो भन्न सकिदैन । अनुन्धान, नवप्रवर्तन र आविष्कार भन्ने यो तीन वटा शब्द भनेको के हो भने अर्थतन्त्र सुधार्ने बीउ हो । बीउ नभईकन केही पनि उम्रदैन संसारमा । बीच चाहिन्छ । र, यो बीउ रोपिएन भने अर्थतन्त्र सुध्रिदैन ।’

केन्द्रका संस्थापक पुनको अगुवाईमा सुरु भएको सो आन्दोलनमा वरिष्ठ चिकित्सक गोविन्द केसीलगायतले पनि आजै ऐक्यवद्धता जनाउनु भएको छ ।