९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाल–पाकिस्तान बौद्ध सम्बन्ध’ पुस्तकको विमोचन



अ+ अ-

काठमाडौँ । आज पाकिस्तानी राजदूतावासको आयोजना तथा हिरण्य इन्टरनेशनल लाइब्रेरीसँगको सहकार्यमा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठद्वारा लिखित ‘नेपाल–पाकिस्तान बौद्ध सम्बन्ध’ नामक पाकिस्तानको बौद्ध सम्पदासम्बन्धी पुस्तकको लोकार्पण गरिएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सांस्कृतिक सम्पदा जनता–जनताबीच सम्पर्कको महत्त्वपूर्ण पाटो भएको बताउनुभयो । उहाँले हिरण्यलाल श्रेष्ठको प्रयासको प्रशंसा गर्दै बौद्ध सम्पदा दुवै देशको साझा विरासत भएको बताउनुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले श्रेष्ठको कामको प्रशंसा गर्नुभयो । उहाँले साझा बौद्ध विरासतमाथि प्रकाश पार्दै नेपाल र पाकिस्तानबीचको स्थायी सम्बन्धको रूपमा सांस्कृतिक र ऐतिहासिक सम्बन्धको महत्त्वमा जोड दिनुभयो ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा त्रिरत्न मानन्धर, प्रा भिक्कुनी डाक्टर धम्म विजय, धम्ममोली परियोजनाका सह–संस्थापक एवं प्रख्यात संस्कृतिविद् डाक्टर गोपाल पोखरेल र पूर्वमन्त्री किरपाल श्रेष्ठ लगायतभिक्षु तथा बौद्ध विद्वानहरुको उपस्थिति रहेको पाकिस्तानी राजदूतावासले जनाएको छ ।