• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

वल्भ्सको पोस्टमा ब्राइटनको आधा दर्जन गोल



एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटनले सानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा ब्राइटनले वल्भ्सलाई ६–० गोलले पराजित गरेको हो ।

ब्राइटनलाई फराकिलो जित दिलाउन डेनिज उन्डभ, पास्कल ग्रोब र ड्यानी वेलबेकले दुई–दुई गोल गरे । उन्डभले ६, ६६ औं मिनेटमा, ग्रोबले १३ र २६ औं मिनेटमा तथा वेलबेकले ३९ औं र ४८ औं मिनेटमा गोल गरे ।

यो नतिजासँगै ब्राइटन ३१ खेलबाट ५२ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ । वल्भ्स ३४ खेलबाट ३७ अंकका साथ १३ औं स्थानमा छ ।