२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौंडा ‘साइकल रन’ प्रतियोगिताको उपाधी पुजन मगरलाई



अ+ अ-

हेटौंडा । खुल्ला हेटौंडा ‘साइकल रन’ प्रतियोगिताको उपाधी पुजन मगरले जितेका छन् । शनिबार बिहान भएको प्रतियोगितामा ३८ मिनेट १९.३७ सेकेन्डमा २५ किलोमिटर दुरी पार गर्दै मगरले उपाधी जितेको हो ।

उपाधीसँगै मगरले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । ३७ मिनेट १४ सेकेन्डमा दुरी पार गरेका राजिव ठाकुर मकवानपुर जिल्लाको स्थायी बसोबासी नभएकोे पाइएपछि मगरलाई स्वत प्रथम घोषणा गरिएको नगर युवा तथा खेलकुद शाखाका प्रमुख बसन्त सिटौलाले जानकारी दिनुभयो । ठाकुरले १८ वर्ष समेत पुरा नभएको पाइएको थियो ।

यस्तै ३८ मिनेट १९.७७ सेकेन्डमा दुरी पार गर्दै आशिष थापा मगर द्वितीय र ३९ मिनेट ३८.२३ सेकेन्डमा दुरी पार गरेका सुमन आले मगर तृतीय भएका छन् । द्वितीय र तृतीय भएकाले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै सान्त्वना भएका प्रदिप थापा क्षेत्री र निशान श्रेष्ठले १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् । शनिबार बिहान हुप्रचौरबाट सुरु भएर गर्दौइ, क्याम्पा, हटिया र कमाने हुँदै पुनः हुप्रचौरमा आएर प्रतियोगिता समापन भएको थियो । प्रतियोगितामा ५० जनाको सहभागिता रहेको थियो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्की, हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने र १४ का वडाध्यक्ष दीपक खड्का लगायतको आतिथ्यता रहेको थियो ।