२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौंडामा शनिबार ‘साइकल रन’ हुने, विजेताले रु ५० हजार नगद पुरस्कार पाउने



फाईल फोटो
अ+ अ-

मकवानपुर । हेटौंडामा भोलि (शनिबार) ‘हेटौंडा साइकल रन’ आयोजना हुने भएको छ । नगरवासीलाई साइकलको प्रयोग प्रति अभिरुचि बढाउने उद्धेश्यले हेटौंडा उपमहानगरपालिकाले ‘साइकल रन’ प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा उपमहानगरका १९ वटै वडामा बसोबास रहेका १८ देखि ६० वर्षसम्मका व्यक्ति सहभागी हुन पाउनेछन् । युवा तथा खेलकुद शाखा प्रमुख बसन्त सिटौलाले हालसम्म अनलाइन फारमबाट ७० जनाले नाम टिपाएको बताउनुभयो । यस प्रतियोगितामा एक सयजना भन्दा धेरै पनि सहभागी हुन पाउने उहाँले बताउनुभयो ।

नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुने कार्यक्रममा सहभागीहरुले २५ किलोमिटरसम्म साइकल कुदाउनुपर्नेछ । हुप्राचौर–पिप्ले –चौघडा–हटिया–कमाने–गर्दोई–भैरबरोड हुँदै पुन स् हुप्राचौरमा आएर साइकल रन टुंग्याउनुपर्ने नियम राखिएको छ । साइकल रनमा सहभागी हुन सहभागीले आफुलाई आवश्यक पर्ने साइकल, हेल्मेट र जुत्ता लगायत सामाग्री आफैं जुटाउनुपर्ने समिति अध्यक्ष चन्द्र शाहीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा महिलारपुरुष दुबै सहभागी हुन पाउने अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

खेलकुद शाखा प्रमुख सिटौलाका अनुसार राजमार्गमा हुने साइकल रन कार्यक्रमका सहभागीले आफ्नो सुरक्षालाई ध्यानमा राखेर साइकल चलाउन आग्रह गर्नुभयो । सम्भावित दुर्घटना हुन नदिन जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयसंग आवश्यक समन्वय गरिसकेको उहाँले बताउनुभयो ।

‘साइकल रन’ कार्यक्रममा प्रथम हुनेले नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार रुपैयाँ र प्रोत्साहन पुरस्कार स्वरुप १०/१० हजार दुई जनालाई प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुले भोलि विहान ६ः४५ बजेसम्म पनि नाम दर्ता गर्न सकिने जनाएको छ । कार्यक्रमको उद्धघाटन उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले गर्नुहुनेछ । कार्यक्रमका लागि चार लाख बजेट छुट्याइएको छ ।