• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एभर्टनमाथि न्युक्यासलको सानदार जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा न्युक्यासल युनाइटेडले एभर्टनलाई उसकै मैदानमा ४-१ गोलले पराजित गरेको हो । न्युक्यासललाई फराकिलो जित दिलाउन कालुम विल्सनले दुई तथा जोएलिन्टन र जाकोव मुर्फिले एक-एक गोल गरे । एभर्टनका ड्वाइट एमसीनेलले एक गोल फर्काए ।

न्युक्यासल ३२ खेलबाट ६२ अंकका साथ तेस्रो स्थानमा छ । यता, एभर्टन ३३ खेलबाट २८ अंकका साथ १९ औं स्थानमा छ ।