२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप छुटेका बालबालिका पत्ता लगाउन घरधुरी सर्वेक्षण हुने



अ+ अ-

काठमाडौँ । नियमित खोप लगाउन छुटेका बालबालिका पत्ता लगाउन काठमाडौँ महानगरपालिकाले बैशाख २४ गतेदेखि ३० गतेसम्म घरधुरी सर्वेक्षण गर्ने भएको छ ।

स्वास्थ्य विभागका महाशाखा प्रमुख सजिना महर्जनका अनुसार पूर्ण खोप सुनिश्चितता र प्रमाणीकरण गर्न, पूर्ण खोप घोषणा सुनिश्चितता निर्देशिका बमोजिम खोप लगाउन छुटेका बालबालिका खोजी गर्न लागिएको हो । यो खोजीबाट १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाहरुमा खोपको अवस्था पहिचान गरिनेछ ।

५ बर्ष उमेर समूहका बालबालिकाको जनसंख्याको आधारमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर खोजी तथा सर्वेक्षण कार्य हुनेछ । यसबेला भेटिएका बालबालिकालाई बैशाख ३१ गते बोलाएर खोप दिने व्यवस्था मिलाइनेछ ।

राष्ट्रिय खोप तालिका अनुसार बृहत खोज र खोप अभियान अन्तर्गत नियमित खोप लगाउनु पर्ने र यसअघि छुटेका बालबालिकालाई भोलि अर्थात् बैशाख १५ गते शुक्रबार पनि खोप दिइनेछ । महाशाखा प्रमुख महर्जनका अनुसार तालिकाअनुसार नियमित खोप लगाउनु पर्ने वा छुटेका सबै बालबालिकाका लागि महानगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाबाट खोप दिइनेछ । यसको सबै तयारी पूरा भइसकेको छ ।

नेपालमा बैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने गरिएको छ । काठमाडौँ महानगरपालिकाले खोप महिनाको रुपमा मनाउन विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।

पहिलो खोप बच्चा जन्मिने वित्तिकै बिसीजी खोप लगाइन्छ । दोस्रो खोप ६ हप्तामा रोटा, पोलियो, पीसीभी, डीपीटी, हेब बी—हिब खोप दिइन्छ । तेस्रो खोप जन्मेको १० महिनामा दिइन्छ । यसमा ६ महिनामा दिइएको खोपको दोस्रो मात्रा दिइन्छ । चौधौँ हप्तामा चौथो खोप दिइन्छ । यसमा पोलियो, एफआइपीभी, डीपीटी र हेब वी—हिब खोप लगाइन्छ । ९ महिनामा पाँचौँ खोप लगाइन्छ ।

यसमा एफआइपीभी, पीसीभी र रुवेला दादुरा खोप लगाइन्छ । १२ महिनामा छैटौँ पटक खोप दिइन्छ । यस पटक दिइने खोप जापानीज इन्सेफालाइटिस हो । १५ महिनामा सातौँ खोप दिइन्छ । यो खोप रुवेला दादुराको दोस्रो मात्रा हो । यसैबेला टाइफाइडको खोप पनि लगाइन्छ ।