९ श्रावण २०८३, शनिबार
,
Latest
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सहभागी कार्यक्रमस्थल बाहिर झडप, दुई प्रहरी घाइते



अ+ अ-

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी नामाकरण गरिएको भन्दै विरोध गरिरहेको समूहबीच झडप भएको छ ।

एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि प्रदर्शनकारीहरुलाई १०० मिटर वरै रोकिएको झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले बताए । सोहि बmममा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको रेग्मीले बताए ।

प्रदर्शनकारीहरुको ढुंगा लागेर धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन् ।

घटनामा सत्ता पक्षको घुसपैठ भएको भन्दै एमालेका सचेतक पदम गिरीले संसद् बैठकमा समेत आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘आज नेकपा एमालेको एउटा कार्यक्रममा सहभागी हुन जाँदै गर्दाखेरी एमालेको नेतृत्वमाथि जुन प्रकारको ढुंगामुडा गर्ने कोशिस गरिन्छ । अनेकन ढंगले कार्यक्रम भाँडने कोशिस गरिन्छ । अशान्ति पैदा गर्ने कोशिस गरिन्छ । त्यसमा सत्तापक्षकै कार्यकर्ताहरु घुसपैठ गरिएको छ ।’