• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ– खिमलाल देवकोटा



काठमाडौँ। राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकमा उहाँले समानुपातिक निर्वाचन प्रणाली खारेज गरी समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने बताउनुभयो ।

सांसद देवकोटाले प्रतिनिधिसभाको संख्या २७५ बाट घटाएर १६५ र प्रदेशसभा सदस्यको संख्या ५५० बाट घटाएर ३३० मात्र बनाउनुपर्ने भनाइ राख्नुभयो ।

प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टीको नेतृत्व दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सार्वजनिक संस्थान र संवैधानिक निकायजस्ता ठाउँमा पार्टी कार्यकर्ता भर्ना गर्ने काम बन्‍द गर्नु पर्ने उल्लेख गर्नुभयो ।

सांसद देवकोटाले सुशासनको प्रत्याभुति हुने र भ्रष्टाचार निवारणका कार्यक्रमहरुलाई अभियानका रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।