• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयोः काँग्रेस ★   रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा ★   शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट ★   २२ महिनामा पनि बनेन दुई किमी सडक ★   सदनको अवरोध हटाउन अनौपचारिक संवाद थाल्दै नेताहरु ★   संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँः नेता निधि ★   आईपीएलमा आजः प्लेअफबाट बाहिरिइसकेको मुम्बईसँग प्लेअफ पक्का गर्न कोलकाता भिड्दै ★   राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेनः अध्यक्ष ओली ★   राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्योः प्रवक्ता सापकोटा ★   अब खेलकुदमा दौडिन्छ कर्णालीः मुख्यमन्त्री कँडेल

टेकोमा अड्याइएको काठमाडौं (फोटो फिचर)



काठमाडौँ । लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्ला । लामो समय धान्दैन । तर, काठमाडौं उपत्यकाको अधिकांश पुराना शहरका गल्ली–गल्लीमा टेकोले धानेका घर प्रशस्तै देख्न पाइन्छ ।

२०७२ सालको महाभूकम्पले क्षति पु¥याएका ती घरहरुको अझै स्तरोन्नती हुन सकेको छैन । यस्ता घरको कहालीलाग्दो दृश्य हेर्न अन्त जानै पर्दैन । काठमाडौंको न्युरोड, वसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घरहरु टन्नै पाइन्छन् । अचम्मको कुरा, यस्ता जोखिमयुक्त घरमा बस्ने मानिसहरुको जमात कम छैन ।

काठ वा फलामको टेकोले अड्याइएको धराप घरहरुमा बस्नेहरु यो क्षेत्रमा छ्याप्छ्याप्ती छन् । कोहीले यही घरमा बसेर भविष्यका सपना देखेका छन् भने कतिले व्यापारिक केन्द्र बनाएका छन् । कुरा यत्ति हो, कोठाभाडामा बस्ने २४ घण्टा नै जोखिम मोल्छन् र व्यापार गर्नेले १२ घण्टा । क्यामराले कैद गरेका टेकोले अड्याइएका काठमाडौंका बस्तीहरुका घरका तस्बिरहरु ।

न्युज एजेन्सी नेपाल