९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बखानमा मेलम्ची थुनिएर विनाशको रूप लिँदा…



अ+ अ-

काठमाडौं । लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक विपत्तिको सामना गर्दै आएको सिन्धुपाल्चोकले यो वर्षको १ असारमा नै ठूलो विपत्तिको सामना गर्नुपरेको छ ।

मंगलबार बेलुकी हेलम्बु गाउँपालिकाको ‘बखान’ भन्ने स्थानमा ठूलो पहिरो गएपछि मेलम्ची नदी थुनिएको थियो । थुनिएको नदी खुलेपछि नदीले विनाश रूप धारण गर्दै क्षति बनाएको थियो । ‘मेलम्ची खानेपानी आयोजनाको अम्बाथानमा रहेको ड्यामभन्दा माथिबाट आएको पहिरोले मेलम्ची नदी थुनेको देखियो,’ हेलिकोप्टरबाट पहिरो स्थलमा पुगेका नेपाली सेना गोरख बक्स गणका प्रमुख निर्मलकुमार श्रेष्ठले भने, ‘त्यही पहिरोले नै तल्लो तटीय क्षेत्रमा क्षति भएको देखियो ।’

पहिरोपछि आएको बाढीले मानवीय क्षतिको यकिन विवरण प्राप्त नभए पनि केही बेपत्ता छन् । सात जनाको शव भेटिएको छ । हेलम्बु २ का माधव भण्डारी, गणेश ज्योति, हेलम्बु ३ की टिकामाया खड्का, हेलम्बु ६ का च्यामा तामाङ, उनकी पत्नी, ७ का ज्ञानेन्द्र कक्षपति र सुरेन्द्र नेपालको मेलम्ची बाढ मा परेर निधन भएको छ ।

उनी रु सबै ट्राउट माछा फार्ममा काम गर्नेहरु रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । ‘बखान क्षेत्रमा गएको पहिरो हेर्दा अन्य पहिरोभन्दा फरक देखिएको छ । लाभा जस्तै बगिहेको छ, ठूलो ज्वालामुखी विस्फोटनपछि निस्कने लाभाजस्तै लेदो बगिरहेको छ,’ सेनानी श्रेष्ठले भने, ‘यस्तो प्रकृतिको पहिरो यसअघि देखिएको नै थिएन ।’

अहिले पनि पहिरो झर्न नरोकिएको र लेदो पनि बगिरहेको उनले जानकारी दिए । ‘माथि हिमाल नै फुटेर आएको जस्तो अवस्था छ, लेदोले नदीको सतह २ मिटर भन्दा अग्लो भएको छ,’ प्रमुख सेनानी श्रेष्ठले भने । पानीसँगै बाक्लो घोल आएर नदी छेउछाउका घरमा पसेर क्षति बनाएको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।