२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ १ मा प्रारम्भिक चरणमा स्वर्णिम वाग्लेको दोब्बर मतको अग्रता



अ+ अ-

काठमाडौँ । तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सोमबार बिहान ४ बजेसम्मको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन् । अहिलेसम्म ५०१० मत गन्दा उनले २७६७ मत पाएका छन् ।

उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२८५ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । खनालले ८२० मत ल्याएका छन्।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।