५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पा बस दुर्घटना: मृतक तथा घाइतेको पहिचान खुल्यो (विवरणसहित)



अ+ अ-

रुपन्देही । पाल्पामा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक महिलाको सनाखत भएको छ ।

तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै भएको बस दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३की ३५ वर्षीय राधिका पौडलको मृत्यु भएको प्रहरीले बताएको छ ।

आज बिहान ९ बजे बुटवलदेखि बागलुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारामा सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

बसमा सवार ३८ जना घाइते भएका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको पाल्पा प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।