३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ–१२ (तस्बीरहरु)

अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ–१२ (तस्बीरहरु)
अ+ अ-

जिक्वान-चीन ।  चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ ।  तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् । उनीहरु अन्तरिक्ष केन्द्रमा तीन महिना बस्नेछन् । 

हाल संयुक्तराज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरु महिनौं बसेर अध्ययन र अनुसन्धानका कार्यहरु गर्ने गर्दछन् ।

हुनत, चीनले यसअघि पनि अन्तरिक्षमा मानव पठाइसकेको छ । यो चीनको सातौं मानव सहितको अन्तरिक्ष यात्रा हो । चीनले पाँच वर्ष यता मानव सहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको थिएन । 

चीनको अन्तरिक्ष केन्द्र (सीएमएसए) का अनुसार चीनको उत्तरपश्चिम स्थित गोबी मरुभूमिबाट चिनियाँ समयानुसार बिहान ९.२२ बजे रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण गरिएको करिब ५७३ सेकेन्डपछि शेन्झाउ–२ भूउपग्रह अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको थियो । सीएमएसएले भूउपग्रह र त्यहाँ यात्रारत सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेकाले अन्तरिक्ष कार्यक्रम सफल भएको जनाएको छ । 

यसपटक अन्तरिक्ष गएका यात्रीहरुमा शेन्झाउ–६ र शेन्झाउ–१० बाट दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका ५६ वर्षीय निई हाइसेङ, शेन्झाउ–७ अभियानमा संलग्न ५४ वर्षीय लिउ बोमिङ र पहिलो पटक अन्तरिक्ष यात्रा गर्न लाग्नु भएका ४५ वर्षीय टाङ होङ्बो रहनु भएको छ । 

उहाँहरुले चीनको अन्तरिक्ष कार्यक्रममा तीन महिनासम्म बसेर नयाँ रेकर्ड कायम गर्नु हुनेछ । यसअघि सन् २०१६ मा शेन्झाउ–११ बाट अन्तरिक्ष गएका यात्रीहरु ३३ दिनसम्म अन्तरिक्षमा बस्नु भएको थियो ।

यसपटक अन्तरिक्षको यात्रामा जानेहरुले यसअघिका भन्दा निकै जटिल र चुनौतीपूर्ण कार्य गर्नु पर्ने चिनियाँ अन्तरिक्ष केन्द्रका सहायक निर्देशक हाओ चुनले बताउनुभयो ।

यस पटक अन्तरिक्ष यात्रीहरुले खासगरी अन्तरिक्ष केन्द्रको सञ्चालन, सरसफाई, उपकरणको परीक्षण एवं केही वैज्ञानिक अनुसन्धान गर्नेछन् । चीनले गत अप्रिल २९ मा नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल पठाएको थियो । (रासस–सिन्ह्वा)