६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन सरकारको कुनै आयु छैन: विप्लव



file photo
अ+ अ-

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सत्ता गठबन्धन सरकारको कुनै आयु नभएको बताएका छन् ।

शनिबार कम्युनिष्ट पार्टीको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार नै नभएको टिप्पणी गरेका छन् ।

उनले अहिलेको सरकारले जनतामाथि मजाक गरिरहेको र व्यक्तिको स्वार्थका लागि देशलाई कंगाल बनाउने कदम स्वीकार्य नभएको बताए।

‘चुनाव भएको पाँच छ महिना भइसक्यो। खै सरकार, सरकार नै छैन नि। यो बनेको सरकार पनि कति दिन हो भनेर गन्दै छन् बाहिर, मिडियामा देखिन्छ यति दिन, यो यता, उ उता भनेर। मन्त्री पाएन भने फेरि अर्कै रे।,’ उनले थपे, ‘सरकार भनेको जनतामाथि मजाक गर्ने साधन हो ?’।