६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुकुन्द न्यौपानेसहित नेता-कार्यकर्ता एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादी त्याग्नुभएका वरिष्ठ नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा एमाले प्रवेश गर्नुभएको छ।

नेकपाको ७५औं स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित बिशेष समारोहमा नेता न्यौपाने सहितका नेता-कार्यकर्ता एमालेमा समाहित हुनुभएको हो।

न्यौपाने सहित नेकपा एसका नेता चुडामणि जंगली, मुना वानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर दयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल पौडेल, तोरणबहादुर केसी, माया अधिकारी, दलबहादुर केसी, भिमकान्त पोखरेल, खेमराज आचार्य, चन्द्रकिशोर गौतम, देवी गिरी, चन्द्रप्रसाद गुरुङ, लालसिंह घताने, हर्कबहादुर गुरुङ, विकास तामाङ, सरोज घलान, वाल्बो तामाङ, सुकमान तामाङ, हर्कमान तामाङ लगायत दर्जनौं नेताहरु एमालेमा प्रवेश गर्नुभएको हो ।

नेता न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरुले स्वागत गर्नुभयो ।