२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुस सुन्तली फाउण्डेशन र नागरिक समुहद्वारा बाढिपहिरो पिडितलाई सहयोग



अ+ अ-

काभ्रे । धुर्मुस सुन्तली फाउण्डेशन, नागरिक समुहले बाढिपहिरो पिडितहरुका लागि सहयोग उपलब्ध गराएका छन् । सिन्धुपाल्चोक जिल्लामा आएको विध्वंशकारी बाढिपहिरोले पु(याएको क्षति र समस्यामा परिरहेका जनताहरूका लागि सहयोग लगिएको हो । 

सहयोग स्वरुप ६० बोरा चामल, २५० केजी दाल, १०० प्याकेट नुन, ५० लिटर तेल, २ रोल म्याट, ३४ पिस ब्लांकेट रहेका छन् । विभिन्न संघसस्थाबाट सहयोग सामाग्री लगिएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशन, नागरिक समुहको तर्फबाट जयराम सिग्देल, सक्किगोनी टिमको तर्फबाट कुमार कट्टेल 'जिग्री', मधुसुधन पाठक 'सितेबा' अशोक धिताल 'बाहुन डन', गोपाल लामा, सम्वृध्द काभ्रे कृषि सहकारीको तर्फबाट सागर रायमाझीले लिएर गएका छन् । साथै सहयोगी हातहरुलाई धन्यवाद दिदैँ सहयोगको लागि अपिल अपिल पनि गरेका छन् ।