२२ असार २०८३, सोमबार
,
Latest
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुस सुन्तली फाउण्डेशन र नागरिक समुहद्वारा बाढिपहिरो पिडितलाई सहयोग



अ+ अ-

काभ्रे । धुर्मुस सुन्तली फाउण्डेशन, नागरिक समुहले बाढिपहिरो पिडितहरुका लागि सहयोग उपलब्ध गराएका छन् । सिन्धुपाल्चोक जिल्लामा आएको विध्वंशकारी बाढिपहिरोले पु(याएको क्षति र समस्यामा परिरहेका जनताहरूका लागि सहयोग लगिएको हो । 

सहयोग स्वरुप ६० बोरा चामल, २५० केजी दाल, १०० प्याकेट नुन, ५० लिटर तेल, २ रोल म्याट, ३४ पिस ब्लांकेट रहेका छन् । विभिन्न संघसस्थाबाट सहयोग सामाग्री लगिएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशन, नागरिक समुहको तर्फबाट जयराम सिग्देल, सक्किगोनी टिमको तर्फबाट कुमार कट्टेल 'जिग्री', मधुसुधन पाठक 'सितेबा' अशोक धिताल 'बाहुन डन', गोपाल लामा, सम्वृध्द काभ्रे कृषि सहकारीको तर्फबाट सागर रायमाझीले लिएर गएका छन् । साथै सहयोगी हातहरुलाई धन्यवाद दिदैँ सहयोगको लागि अपिल अपिल पनि गरेका छन् ।