२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली

प्रकाेप व्यवस्थापनमा सरकारकाे तयारी पुगेन

प्रकाेप व्यवस्थापनमा  सरकारकाे तयारी पुगेन
अ अ+ अ-

नेपाल बहुप्रकोपीय जोखिमयुक्त देशको रुपमा रहेको छ । यहाँ एकै खालको मात्र प्रकोप आउँछ भन्ने अवस्था छैन । बाढी, पहिरो, आगलागी, भूकम्प, शीतलहर, चट्याङ, हिमपात लगायत जोखिमको अवस्था भएमा त्यसलाई बहुप्रकोपीय भनिन्छ । भूगोलको हिसाबले पनि हरेक वर्ष विभिन्न किसिमको विपद् पर्ने खालको अवस्था रहेको छ । त्यसमा पनि प्रत्येक वर्ष बाढी र पहिरोको सामना गर्नु परिरहेको छ । जलउत्पन्न प्रकोपका कारण बर्सेनि ठूलो मात्रामा जनधनको क्षति भै रहेको छ ।

यो वर्ष पनि मनसुनको सुरुआत सँगै ठूलो क्षति सुरु भै सकेको छ । यसका लागि विपद् व्यवस्थापनको चक्र विपदको तयारी, विपदको बेला गर्नुपर्ने कार्यहरु, विपद् पश्चात गर्नुपर्ने कुराहरु छन् । यो चक्रलाई यस बारेमा काम गर्ने निकायहरुले राम्रोसँग आत्मसात गर्नुपर्छ ।  तर ती निकायहरुबीच समन्वय भएर काम हुन नसकेको अवस्था देखिन्छ । अघिल्लो चरणमा त यसमा खास काम भएको थिएन, यस बारेमा चर्चा परिचर्चा पनि हुने गरेको थिएन ।  विपद् भै सके पछि मानिसहरुमा ओ हो यति क्षति भयो, यति नोक्सान भयो भन्ने कुरा मात्र हुन्थ्यो । मनसुन भन्दा अगाडी सबै सुतेर नै बस्न हो । क्षति पछि मात्र चनाखो हुने यस पटक पनि बर्षात सँगै यो कुराको चनाखो भए । यस अघि पनि २०७२ सालको भूकम्प पछि मानिसकहरु केही सचेत हुन थाले तर बिस्तारै ती २०७२ बैशाखलाई बिर्सदै गएको देखिन्छ  ।

नेपाल विश्वका ११ औं भूकम्पीय जोखिमयुक्त देशका रुपमा रहेको छ । बाढी पहिरोका हिसाबमा ३० औं जोखिमपूर्ण देशका रुपमा रहेको छ ।  जलवायू परिर्तनका हिसाबमा चौथो जोखिमयुक्त देशका रुपमा रहेको छ । नेपाल यस हिसाबले प्रकोपको जोखिमयुक्त देशका रुपमा रहेको सबै परिसूचकले बताइसकेको छ । यस्तो अवस्था हुँदाहुँदै पनि हामीकहाँ पूर्वतयारीको बारेमा ध्यान नै दिइएको छैन । त्यसैले पटक पटक चुकेका छौ ।  

विपद जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने प्रमुख जिम्मेवारी सरकारको नै हो । सरकारले कता ड्राईभ गर्छ अरु संयन्त्र त्यतै जाने हो । सरकार नै यस बिषयमा गम्भीर हुनु पर्यो । कार्यक्रम योजना र कार्यान्वयनमा स्पष्ट भएपछि अरु सहयोगी संस्थाहरुको भूमिका खोज्नु पर्छ । आजसम्म नीतिमा नै अलमल छ ।

नेपाल जोखिमयुक्त देश भएका कारण प्रत्येक बर्ष ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नु परेको अवस्था छ ।  जसका कारण यस बारेको सक्रियता प्रकोप आएपछि मात्र होइन निरन्तर हुनु पर्छ ।  बिगत ३० वर्षदेखि कुरा उठ्दै गएपछि  सरकारले बल्ल विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन भनेर २०७४ मा ल्याएको छ । यसभन्दा अघि दैवी प्रकोप उद्धार ऐन २०३४ थियो । २०३९ देखि २०७४ सम्म खालि उद्धार ऐन मात्र थियो । हाल पनि गृह मन्त्रालयमा विपद् व्यवस्थापन महाशाखा छ । यो विषय यसले मात्र हेरेर पुग्दैन ।  गृह मन्त्रालयत शान्ति सुरक्षका विषयमा बढी केन्द्रित हुने निकाय हो ।

गृह मन्त्रालयको एउटा महाशाखाले मात्र हेरेर पुग्दैन भन्ने विषयमा निरन्तर आवाज उठ्न थाले पछि, बहस पैरबीहरु भए । त्यसैका कारण  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन  २०७४  अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भयो । यसले बल्ल काम सुरु गरको छ । सरकारका निकायहरु स्वास्थ्य, शिक्षा, खानेपानी र प्रकोप हेर्ने निकायहरु बीच निरन्तर समन्वय हुनु पर्यो ।  विपद् जोखिम न्यूनीकरणका लागि भनेर नै राष्ट्रिय रणनीतिक कार्ययोजना पनि सन् २०१८ देखि २०३० सम्मका लागि तयार भएको छ । योजनामा यो यो काम यसरी गर्ने भन्ने कार्ययोजना पनि बनेको छ ।  यसले विपद् घटाउने रणनीति लिएको छ ।

नेपालमा बर्सेनि ९०० जति मानिस विपदका कारण मर्ने गरेका छन् । ९०० लाई घटाएर सन् २०३० सम्ममा २०० सम्ममा झार्ने भनिएको छ । अरु अरु कुरालाई पनि घटाउँदै लैजाने भन्ने रणनीति रहेको छ ।  यसमा सबैको काम, जिम्मेवारी र भूमिका बारेमा स्पष्ट गरेको छ । तर तोकिएका कामहरु कति भयो कति भएनन्, भएनन् भने किन भएन भनेर अनुगमन गर्ने संयन्त्र कमजोर भयो । जिम्मेवारी लिएर काम नगर्नेहरु को को हुन्, को को दोषी छन् भन्ने कुराको अनुगमन हुनु पर्यो । तर त्यो कुरा हुन सकेको छैन । यो सँगै विपद् र शुसासनको कुरा सँगै जोडिएर आउने विषय हो । यो कुरा पनि निकै उठेको छ ।

जिम्मेवारी लिएकाहरुले काम गरेपनि हुने, नगरे पनि हुने जिम्मेवारी लिनु नपर्ने । कागजमा मात्र जति राम्रो बनाएपनि के गर्ने कार्यन्वयन नभएपछि । अहिले पनि हेरौं न, भण्डारणको कुरा छ खाद्य भण्डारणको अवस्था हेरौं । अरु आवश्यक सामग्रीको अवस्था हेरौं काम भएको छ त ?

विपद् व्यवस्थापनको पूर्व तयारी भित्र के के कुराहरु पर्छ ?

विपद्  व्यवस्थापन चक्र अनुसार यसभित्र काम हुन्छ । जसमा विपतपूर्व तयारीमा गर्नुपर्ने कुराहरु त्यसमा विपत पर्नुभन्दा अगाडी नै कहाँ क कसले सहयोग गर्छ भन्ने सूचनाहरु प्रष्ट हुनुपर्छ । कुन कुन निकायले काम गर्छन् जिम्मेवार व्यक्तिहरु को को हुन् । खाद्यान्न, औषधी उपचार, लत्ता कपडा, पानी, टेन्ट तथा त्रिपालको  व्यवस्थापन, बाटोहरु भत्किएको अवस्था र व्यवस्थापन गर्नुपर्छ । बाटोहरु भत्किएको खण्डमा तत्काल सूचारु गरी सवारीका साधन आवतजावतमा सहजीकरण गर्नुपर्ने अवस्था यी पूर्व तयारीका कुराहरु हुन् ।

यसै गरी विपद भै रहेको बेला के गर्ने त ? विपद भै रहेको समयमा र भै सकेपछि उद्धार तथा राहतका लागि पनि तयारी अवस्थामा रहनु पर्छ । प्रकोपलाई रोक्न सकिँदैन । क्षति कम गर्ने उपायहरु खोज्ने हो । हामी बाढी, पहिरो, भूकम्प रोक्न सक्दैनौं । हुने घटना त भै हाल्छ पूर्व तयारी राम्रो भयो भने ५०० मर्ने ठाउँमा २०० सम्म झार्न सकिन्छ । एक अर्बको क्षति हुन्थ्यो भने ५० प्रतिशतमा मात्र झार्न सकियो भने पनि त्यो ठूलो उपलब्धी हुन्छ  । यसका लागि पूर्व तयारी नै एक मात्र विकल्प हो । अझ स्थानीय तह सक्रिय रहेको समयमा यी निकाय सक्रिय हुनु पर्छ, उनीहरुसँग स्रोत र अधिकार दुबै छ ।

तर स्थानीय तह, प्रदेश र केन्द्र तहको समन्वयको भने पूरै अभाव रहेको छ ।  यसमा सबैभन्दा बढी जिम्मेवार स्थानीय तह हुनुपर्छ, किनकी उहाँहरुलाई थाहा हुन्छ कुन कुन क्षेत्र बढी जोखिमयुक्त क्षेत्र हो भन्ने कुरा । हो त्यसको लागि पूर्व तयारी गर्ने स्रोत र साधन पुगेन भने प्रदेश वा केन्द्र सरकारसँग समन्वय गर्ने हो । स्थानीय तहको विपद प्रतिकार्य योजना हुनु पर्छ । रणनीतिक योजनाहरु हुनु पर्छ । जनशक्तिलाई तयारी अवस्थामा राख्नु पर्छ । सूचना र जानकारीहरु प्रबाह गरिरहनु पर्दछ । योजनाहरु बनाउने मात्र होइन कार्यान्वयन तथा परिमार्जन गर्नु पर्दछ । अझै पनि तीनै तहको सरकारको प्राथमिकतामा प्रकोप न्यूनीकरण र ब्यवस्थापन परेको छैन ।

यस पटक संघीय सरकारले विपद व्यवस्थापनलाई केही प्रथामिकतामा त राखेको छ । बजेटमा उच्च प्रथामिकता दिइएको छ । बजेटमा बिनियोजित रकम बढेको छ ।  बजेट बढ्नुसँगै काम पनि प्रभावकारी रुपमा हुनु पर्छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लाई स्रोत र साधनले बलियो बनाउनु पर्छ  ।  

बिगतदेखि आजसम्म हेर्नै हो भने केही न केही  प्रगति भएको छ, केही पनि भएको छैन भन्ने होइन । फेरि विपद व्यवस्थापन भन्ने कुरा एउटा निकायले मात्र गरेर हुने कुरा नै होइन । प्रकोपका बेला बालबालिका, सुत्केरी, अशक्त व्यक्तिहरुका बारेमा कसैको पनि चासो पुगेको छैन । मुख्य कुरा हामीकोमा तथ्थाङ्क नै छैन । नागरिकले पनि ढल, पानी कल्भर्ट, बाटो भन्दा पहिला प्रकोप न्यूनीकरणको लागि दबाब दिनु पर्छ । त्यसपछि मात्र अरु विकासमा संरचनाहरुलाई प्राथमिकता दिनु पर्छ । नत्र प्रकोपका ती संरचनामा क्षति पु–याएपछि के अर्थ रह्यो र ?  

विकासका नाममा जथाभाबी डोजर चलाएर पहिरो गएको छ । विकास त भै रहेको छ तर हामीले गरेको हचुवा विकासले नै विनास निम्त्याएको छ । हामीले नै बनाएको घर हाम्रो लागि नै चिहान भै रहेको छ । यो कुरामा  त नागरिक पनि सचेत हुनुपर्यो ।

प्राधिकरणले यो वर्षको मनसुनमा करिब १८ लाख प्रभावित हुन सक्छन् भन्ने तथ्याङ्क सार्वजनिक गरिसकेको छ । यो आँकडालाई आधार मानेर सबै सयन्त्रहरुले काम गर्नुपर्यो । प्रकोप रोख्न नसकिए पनि जोखिमयुक्त स्थानको पहिचान हुन सक्छ । ती स्थानमा रहेका बासिन्दालाई बैकल्पिक बासस्थानको व्यवस्था  गर्नुपर्छ । नत्र परे पछि मात्र हतारो हुन्छ त्यही बेला पीडा दुःख पनि हुन्छ अनि हतारमा गरेको कामको परिणाम आउन सक्दैन । त्यसैगरी विपदको बेला कालाबजारी बढ्छ, अमानवीय काम भै रहेको छ । यसमा पनि सरकार क्रियाशील हुनु पर्छ  । विपदको बेला यस्तो बदमासी काम बढी हुन्छ । नागरिक पीडामा हुन्छ, सरकार अन्य काममा सक्रिय भएको हुन्छ ।

 यो वर्ष अलि नै बढी नोक्सान हुन्छ भन्ने अनुमान गरिएको  छ । यसपटक मनसुन बढी सक्रिय हुने अनुमान सार्वजनिक भै सकेको छ । बर्षात बढी हुनु भएको बाढी पहिरो बढी आउनु र क्षति बढी हुने नै हो ।

मनसुन सक्रिय हुँदैछ, जोखिम बस्तीहरु पहिचान गरी स्थानान्तरण गर्नुपर्छ । बाटो रोकिने हुँदा सम्भावित स्थानहरुका खाद्यान्न, औषधि, उद्धार सामग्रीको तथ्याङ्क मागेर आवश्यक सामग्रीको जोहो गर्नु पर्छ ।   सबै विषयका सूचना हुनु पर्छ । र सबै राजनीतिक दलको प्रकोप न्यूनीकरणका लागि सक्रिय हुने विषयमा सामूहिक प्रतिबद्धता जनाउनु पर्छ ।

 थापा प्रकोप पूर्वतयारी सञ्जाल नेपाल (डिपिनेट)का अध्यक्ष हुनुहुन्छ  ।