• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

बालेनविरुद्धको मुद्दाको सुनुवाइ सुरु



काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध दर्ता भएको मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा भइरहेको छ।

यसअघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिएपनि सुुनुवाइ हुन सकेको थिएन । शुक्रबार भने राउतको इजलासमा सुनुवाइ भइरहेको हो।

बुधबार सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाई तोकिए पनि बेन्च बस्न भ्याएको थिएन ।

सोअघि मंगलबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा पेशी तोकिएपनि मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल साइटमा साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।