६ पुष २०८२, आईतवार
,
Latest
परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी गठबन्धनलाई सशक्त बनाउन कांग्रेसमा जोड



अ+ अ-

काठमाडौं । कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी र निरंकुश कदमलाई नियन्त्रण गर्न विपक्षी गठबन्धनलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोलेका अधिकांश नेता गठबन्धनको पक्षमा उभिएका थिए ।

बैठकमा नेता महेश आचार्यले भने कम्युनिस्ट पार्टीहरूसँगको गठबन्धन वैचारिक रूपमा पनि अमिल्दो भएको तर्क गर्दै पुनर्विचार गर्नुपर्ने बताएका थिए । उनले केही दिनअघि पाँच पूर्वप्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमाथि समेत प्रश्न गरेका थिए । आचार्यले उठाएका प्रश्नको सभापति शेरबहादुर देउवाले तत्कालै जवाफ दिँदै प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध मोर्चाबन्दी गरेको बताए ।

‘यस्तो गठबन्धन अहिले मात्रै भएको होइन । विगतमा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदाका बखत पनि भएको थियो,’ देउवाले भनेका थिए, ‘त्यतिबेला तपाईंहरूले नै गठबन्धन गरेको होइन ?’ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने गठबन्धन विश्वासिलो बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अल्पमतमा परेका प्रधानमन्त्री ओलीमा अझै दुई तिहाइको धङधङी रहिरहेको टिप्पणी गरे ।

 प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतलाई लिखित जवाफ दिने क्रममा ओलीले प्रस्तुत गरेका तर्क र विश्लेषण राज्य सत्ताकब्जा गर्नेतिरै लक्षित रहेको कार्कीको भनाइ थियो । उनले विपक्षी गठबन्धनले जनतालाई भरोसा दिलाएको तर्क गर्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । नेताहरू रमेश लेखक, गगन थापा, मोहनबहादुर बस्नेत, शंकर भण्डारी, उमाकान्त चौधरी, कल्याण गुरुङलगायतले विपक्षी गठबन्धनलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।