९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी गठबन्धनलाई सशक्त बनाउन कांग्रेसमा जोड



अ+ अ-

काठमाडौं । कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी र निरंकुश कदमलाई नियन्त्रण गर्न विपक्षी गठबन्धनलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोलेका अधिकांश नेता गठबन्धनको पक्षमा उभिएका थिए ।

बैठकमा नेता महेश आचार्यले भने कम्युनिस्ट पार्टीहरूसँगको गठबन्धन वैचारिक रूपमा पनि अमिल्दो भएको तर्क गर्दै पुनर्विचार गर्नुपर्ने बताएका थिए । उनले केही दिनअघि पाँच पूर्वप्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमाथि समेत प्रश्न गरेका थिए । आचार्यले उठाएका प्रश्नको सभापति शेरबहादुर देउवाले तत्कालै जवाफ दिँदै प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध मोर्चाबन्दी गरेको बताए ।

‘यस्तो गठबन्धन अहिले मात्रै भएको होइन । विगतमा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदाका बखत पनि भएको थियो,’ देउवाले भनेका थिए, ‘त्यतिबेला तपाईंहरूले नै गठबन्धन गरेको होइन ?’ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने गठबन्धन विश्वासिलो बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अल्पमतमा परेका प्रधानमन्त्री ओलीमा अझै दुई तिहाइको धङधङी रहिरहेको टिप्पणी गरे ।

 प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतलाई लिखित जवाफ दिने क्रममा ओलीले प्रस्तुत गरेका तर्क र विश्लेषण राज्य सत्ताकब्जा गर्नेतिरै लक्षित रहेको कार्कीको भनाइ थियो । उनले विपक्षी गठबन्धनले जनतालाई भरोसा दिलाएको तर्क गर्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । नेताहरू रमेश लेखक, गगन थापा, मोहनबहादुर बस्नेत, शंकर भण्डारी, उमाकान्त चौधरी, कल्याण गुरुङलगायतले विपक्षी गठबन्धनलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।