२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकर्णेश्वर नगरपालिकाले गजल महोत्सव आयोजना गर्दै, प्रथम पुरस्कार नगद ६० हजार



अ+ अ-

काठमाडौँ । साहित्यिक क्षेत्रको विकास विस्तारका लागि निरन्तर उदाहरणीय कार्य गर्दै आएको काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुल्ला प्रतियोगितात्मक वृहत गजल महोत्सव आयोजना गर्ने भएको छ ।

महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताका लागि उपलब्ध रचनाहरु विज्ञ समूहद्वारा मूल्यांकन गराई ४० वटा रचनाहरुको वाचन तथा गायनमा छनोट गरिनेछ । प्रतियोगितामा प्रथम हुने गजलकारलाई करबाहेक नगद रु ६० हजार पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै द्वितीयलाई ४० र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ भने पाँचजनालाई सान्त्वना पुरस्कार स्वरुप जनही २० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ । यसै गरी महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ अप्रतियोगिका रुपमा विशिष्ठ गजलकारहरुको उत्कृष्ट प्रस्तुति रहनेछ । महोत्सवलाई सफल र भव्य रुपमा सम्पन्न गर्न साहित्यकार गोविन्द घिमिरेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । यसै गरी महोत्सवलाई व्यापक रुपमा प्रचारप्रसार गर्न नवराज चालिसेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाले विगतमा राष्ट्रिय स्तरको कविता प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिसकेको छ । भैरव पुरस्कार गुठी, रमेश विकल साहित्य प्रतिष्ठान, अभिनव साहित्य समाज, सुरभी साहित्य प्रतिष्ठान सहितका अन्य सक्रिय साहित्यिक संघ संस्थाको उपस्थितिका कारण पनि साहित्यिक वृत्तमा गोकर्णेश्वर नगरपालिकाको विशिष्ट पहिचान रहेको छ । गोकर्णेश्वर नगरपालिकाले साहित्यिक प्रकाशनहरूमा पनि सहयोग गर्दै आएको छ ।

सभ्य तथा सचेत समाज निर्माणमा साहित्यिको सबैभन्दा महत्वपूर्ण भूमिका हुने भएकाले साहित्यिक गतिविधिलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको नगर प्रमुख दीपक रिसाल बताउनुहुन्छ । रमेश विकल, भैरव अर्याल, कञ्चन पुडासैनी जस्ता साहित्यिक हस्तिहरूको जन्म तथा कर्मभूमिको रुपमा परिचित गोकर्णेश्वर नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गरिरहने नगरप्रमुख रिसालको भनाइ छ ।