• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

यूएईमा पदमले जिते ७० करोडको चिट्ठा



काठमाडौँ । यूएईमा कार्यरत एक नेपालीलाई झण्डै ७० करोड रुपैयाँ भन्दा बढीको चिट्ठा परेको छ ।

यूएईमा ड्राइभरको रूपमा कार्यरत नेपाली नागरिक पदमले महजुज राफल ड्र मार्फत २० मिलियन दिराम अर्थात् करिब ७१ करोड ७७ लाख ८२ हजार बराबरको चिट्ठा जितेको यूएईको स्थानीय सञ्चार माध्यम खाजिल टाइम्सले खबर लेखेको छ ।

खाजिल टाइम्सले उल्लेख गरे अनुसार पदमले चिट्ठाको पाँचै नम्बर मिलाएका छन् । उनले मिलाएको नम्बर ५, १०, ४१, ४६ र ४९ रहेको छ । सन् २०२३ मा पाँचै नम्बर मिलाएर पहिलो ठुलो चिट्ठा जित्ने पदम पहिलो सहभागी भएका हुन् । आफूले जितेको रकम बुझ्दै पदमले भने आफूलाई अझै पनि विश्वास नलागेको प्रतिक्रिया दिएका छन् ।

यूएईमा गाडी चलाएर ५७ सय दिराम अर्थात् २ लाख रुपैयाँ बराबर प्रत्येक महिना कमाउँदै आएका उनी २३ वर्षदेखि यूएईमा एउटै कम्पनीमा काम गरिरहेका छन् ।

समाचारमा नेपाली नागरिक पदमले चिट्ठा जितेको उल्लेख गरे पनि नेपालको ठेगाना र थर भने उल्लेख गरिएको छैन ।