१६ भाद्र २०८३, मंगलवार
,
Latest
रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन शाहविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा



अ+ अ-

काठमाडौँ । सिंहदरबार, बालुवाटार, शीतल निवासलगायत प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध दायर रिटको पेसी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।

यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परे पनि हेर्न नभ्याइने भएको थियो ।

अधिवक्ता पदम श्रेष्ठले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई विपक्षी बनाएर दायर गर्नुभएको रिटको सुनुवाइ न्यायाधीश सुष्मालता माथेमाको इजलासमा हुने भएको हो ।

रिटमा आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर नउठाएकाले तत्काल संकलन गरी ल्याण्डफिल साइटमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न आदेश माग गरिएको छ ।