२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग गर्न लोगो वितरण

दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग गर्न लोगो वितरण
अ अ+ अ-

निजी डेरी उद्योगमा पहिलो पटक लोगो प्रयोग गर्नेमा हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रे भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले २०७८ साल असार ४ गते उक्त डेरीलाई लोगो प्रदान गरेको हो । 

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडीमा अस्ति यहि असार २ गते लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संस्थानलाई लोगो हस्तान्तरण गरिएको थियो ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले विभिन्न उद्योगबाट लोगो प्रयोगका लागि माग भए बमोजिम प्रक्रिया पुर्याएर लोगो वितरण गर्दै जाने बताउनुभयो ।

पहिलो चरणमा संस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको थियो भने कमशः प्रक्रिया सहित निवेदन आएपछि थप नीजि क्षेत्रका डेरी उद्योगहरुलाई मागका आधारमा लोगो हस्तान्तरण गर्दै जाने योजना रहेको कुरा बोर्डका कार्यकारी निर्देशक यादबले बताउनुभयो । अब लोगो अंकित गाडी निषेधाज्ञा वा अन्य आपतकालिन अवस्थामा पनि बिना अवरोध नेपालभर आवत जावत गर्न सहज हुने उहाँले बताउनुभयो ।

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह (लोगो) प्रयोग गर्ने सम्वन्धी कार्यबिधि, २०७७ बमोजिम बोर्डमा प्राप्त भएका आवेदनका सम्बन्धमा बोर्डबाट आवश्यक परीक्षण पश्चात वोर्डको मिति २०७८ जेठ ३० को निर्णय बमोजिम दुग्ध विकास सस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह(लोगो) उपलब्ध गराउने निर्णय भएको थियो ।

गत २०७७ साल चैत्र १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह लोगोको सार्वजनिक अनावरण गरेका थिए ।

हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रलाई लोगो वितरण कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव डा. विमल कुमार निर्मल, बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल, उपमेयर रमा राई, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, सदस्य माधब पौडेल, नगरपालिका कृषि शाखाका प्रमुख काजी बहादुर श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया, महासचिव प्रल्हाद दाहाल, केन्द्रिय सदस्य मनोज कुमार घिमिरे, एसोसिएसन काभ्रेका अध्यक्ष रबिन्द्र हुमागाईं, बोर्डका प्रशासन अधिकृत बिदुर राई लगायत मन्त्रालय, बोर्ड तथा हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

नेपाल सरकारले दूध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतीक चिन्ह प्रदान गरिएको हुँदा प्रतीक चिन्ह अंकित सवारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रुपमा बिना अवरोध सञ्चालनमा सहयोग गरिएमा दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक सनुश्चित हुने विश्वास लिईएको बोर्डका कार्यकारी निर्देशक यादबले बताउनुभयो ।

कृषकहरुबाट उत्पादित दूधलाई प्रशोधन, भण्डारण तथा वजारीकरण गर्दा दूधमा पाईने सम्पूर्ण पौष्टिकतत्वहरुको संरक्षण गर्न दूधलाई चिसो तापक्रम ९४⁰ सेन्टिग्रेड कायम हुने गरी राख्नु पर्ने हुन्छ । किसानको गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पुर्याउँदा चिस्यान कायम गर्नुपर्ने भएकाले दुधका गाडि देशभर आवात जावत गर्दा कोरोनाको निषेधाज्ञा र बन्द जस्ता कार्यक्रममा अवरोध हुने गरेको थियो ।

ढुवानीमा कुनै रोकावट भएमा दूधको तापक्रम कायम राख्न नसकिने र यसबाट दूधको गुणस्तरमा ह्रास हुने भएकाले बोर्डले लोगोको अवधारणा अगाडि सारेको हो ।

कार्यक्रममा लोगोको उपयोगिता बारे प्रष्ट पार्दै विश्वमै यस्तो खालको लोगो बनाउने नेपाल पहिलो भएको र यस्तो महत्वपूर्ण कार्य गरेकोमा बोर्डलाई धन्यवाद दिदैं एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले दूध के हो र यसको महत्वको बारे प्रष्ट पारेका थिए भने कार्यवाहक सचीव डा. निर्मलले अब देशै भरी यसरी नै लोगो बितरण गर्दै जाने र यसको जानकारी सम्बन्धित सरोकारवाला, सुरक्षा निकाय लगायत आवश्यक अन्य सबै स्थानमा गराउँदै जाने कुरा बताउनुभयो ।

अति आवश्यक बस्तु ओसारपसार गर्न यसरी लोगोको प्रयोग गर्नु अति आवश्यक कुरा हो । बालकदेखि वृद्धासम्म नभइ नहुने दूध जस्तो पवित्र चिजलाई हामी सबै मिलि आवश्यक सहयोग गर्नुपर्छ र अब यो लोगोको विषयमा व्यापक प्रचारप्रसार आवश्यक रहेको कुरा मेयर खरेलले बताउनुभयो ।

नेपाल डेरी एसोसिएशनका महासचिव प्रल्हाद दाहालले बोर्डले सुरू गरेको लोगो वितरण कार्यको प्रशंसा गर्दै यसको य्रयोगमा एसोसिएसनको पुर्ण साथ रहने बताउँदै लोगोको प्रयोगलाई देशव्यापी विस्तार गर्दै ढुवानी सहज बनाउनु पर्ने बताउनुभयो ।