५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्वपीडित नयाँबानेश्वरबाट पक्राउ



अ+ अ-

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै काठमाडौँको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । ती विधेयकमा पीडकलाई उन्मुक्ति दिने व्यवस्थासमेत राखिएको भन्दै त्यसलाई संशोधन गर्न पीडितहरुले माग गर्दै आएका छन् ।

विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएकाहरुलाई रोक्न प्रहरीले सडकमा बार लगाएको थियो तर त्यसलाई पन्छाएर अगाडि बढ्न खोजेपछि प्रहरीसँग केहीबेर ठेलमठेल भएको थियो । निषेधित क्षेत्रलाई तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताइएको छ ।