७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल

‘दमन’विरुद्ध थप आन्दोलन गर्ने मिटरब्याज पीडितको घोषणा गर्ने

‘दमन’विरुद्ध थप आन्दोलन गर्ने मिटरब्याज पीडितको घोषणा गर्ने
अ+ अ-

काठमाडौँ। राज्यले नै आफूहरूको आन्दोलन भड्काउने र उत्तेजित पार्ने काम गरेको आरोप मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिले लगाएको छ ।

सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफूहरूको आन्दोलनभित्र छिरेर प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट गरेको आरोप लगाउनुभएको छ । साथै उहाँले महिलामाथि पुरुष प्रहरीले आक्रमण तथा दुर्व्यवहार गरेकोसमेत बताउनुभएको छ ।

उहाँका अनुसार पीडितले सहयोगी तथा शुभचिन्तकबाट सहयोग जुटाएर जम्मा गरेको अनाज, ग्यास, ग्यास चुलो, स्पिकर र भाँडाकुँडासमेत प्रहरीले लुटेको छ ।

विज्ञप्तिमा भनिएको छ, “यस्तो राज्य प्रायोजित आतङ्क र दमनको हामी घोर भर्त्सना गर्दछौँ ।” संघर्ष समितिका अध्यक्ष कुशवाहाले गृहमन्त्री नै आफूहरूको आन्दोलन दबाउन उद्यत रहेको आरोप लगाउँदै सङ्घर्ष समितिले चाँडै प्रतिवादमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभएको छ ।

उहाँले सोमबार शान्ति वाटिकाबाट सिंहदरबारसम्म आफूहरूको शान्तिपूर्ण जुलुस जाने कार्यक्रम रहेकोमा बिहानैदेखि प्रहरीले शान्तिवाटिका क्षेत्र पूर्णरुपमा नियन्त्रणमा लिँदै पीडितहरुलाई आवतजावतमै निषेध र धरपकड गरिएको बताउनुभयो ।