• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

जसको पहिलो फिल्मले नै प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्यो



काठमाडौँ । प्रतिक्षित नेपाली चलचित्र ‘हल्कारा’ बैशाख २९ गते रिलिज हुँदैछ । यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् ।

सापकोटा सायदै नेपाली फिल्मी जगतका चर्चित नाम हुन् । तर, उनै सापकोटाको पहिलो फिल्मले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जितेर नेपाल र नेपाली सिने जगतलाई विश्वमा चिनाउन ठूलो भूमिका खेलेको छ ।

निर्देशकः विक्रम सापकोटा

‘हल्कारा’ पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्नात्मक कथानक चलचित्र रहेको निर्देशक सापकोटा बताउँछन् । ‘हल्कारालाई हामीले पूर्ण ‘मेनस्ट्रिम’मा रहेर बनाएका छौँ । यसको कथा भन्ने क्रममा पूर्ण मनोरञ्जनात्मक र व्यावसायिक दृष्टिकोणबाट बनाएका छौँ ।’ सापकोटाले भने ।

यो चलचित्रले सबैभन्दा पुराना फेस्टिभलहरु मध्ये एक ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्टिभलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन् ।

साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म् ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो ।

वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको पुरानो फिल्म फेस्टिभलमध्ये एक हो । ओस्कार अवार्ड प्राप्त ‘द ब्लाइन्ड साइड’का लेखक तथा निर्देश समेत रहेका जोन ली ह्यानकक तथा चर्चित हलिउड निर्देशक स्टीभन स्पिलवर्ग, रन्डल क्लेजर एवं ताइवानी फिल्ममेकर एङ्ग ली र क्यानेडियन निर्देशक डेविड उइनिङजस्ता विश्व प्रसिद्ध हलिउड फिल्ममेकरहरु समेत उक्त फिल्म फेस्टिभलका एलुमनी हुन् ।

गत बिहीबार फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरलाई लिएर दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् । हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथालाई ट्रेलरमा देखाईको छ । यसैगरी ट्रेलरले रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक नारीको कथा समेत प्रस्तुत गरेको छ । गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देखाउने कोसिस गरिएको छ ।

फिल्मलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय रहेको फिल्ममा विप्लव प्रतीक र आकाश बरालले सह–लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ । ‘हल्कारा’का कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् । काठमाडौँ उपत्यकामा जिजिए ग्रुपले वितरण गर्ने यो चलचित्रको एफडी कम्पनीले वितरण गर्नेछ । ‘खल्ती डिजिटल वालेट’ टिकेटिङ्ग पार्टनरको रुपमा रहेको छ भने कम्युनिटी पार्टनर ‘नेपाली पात्रो’ रहेको छ ।