२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षपछि लालपुर्जा फुकुवा हुदाँ स्थानियहरु खुशी



अ+ अ-

नवलपरासी । लामो समयदेखि रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासी सुनवलका स्थानियहरु खुशी भएका छन् ।

वि.स. २०६७ मा जग्गा पुर्जा प्राप्त गरेपनि अख्तियारमा मुद्दा परेसँगै जग्गा रोक्का भएको थियो । रोक्का भएको लालपुर्जा फुकुवा भएपछि स्थानियहरु हर्षित भएका हुन् ।

१२ वर्षपछि जग्गा फुकुवा हुदाँ आफूहरु हर्षित भएको भन्दै राष्ट्रिय भूमि अयोग जिल्ला समितिले राम्रो काम गरेको स्थानियहरुले बताए । विभिन्न समयमा राजनैतिक दलका नेताले आआफ्नो एजेण्डा बनाउनकै लागि विभिन्न कालखण्डका आयोगहरुलाई दोष दिएको स्थानियको बुझाई छ ।

राष्ट्रिय भूूमि अयोग जिल्ला समितिका अध्यक्ष देवराज भण्डारीले आफूहरु आयोगमा आएको दुई महिनाभित्रै काम टुङिग्याएको बताउनु भयो । पटकपटक जग्गा फुकुवा भयो भनेर झुक्एिका स्थानियहरु शुरुमा जग्गा फुकुवा भयो भन्दा नपत्याएको बताउनु भयो । उहाँले पछि मालपोतबाट जग्गाको काम भएपछिमात्र स्थानियहरुले विश्वास गरेको भण्डारीको भनाई छ ।

पश्चिम नवलपरासीमा पटकपटक बनेका भूमि सम्वन्धि आयोगले विगतमा जग्गा नापजाँच लगायतका कार्यहरु गरेपनि पूर्णता भने दिन सकेका थिएनन् । पछिल्लो पटक वनेको राष्ट्रिय भूमि आयोगले भने सुनवलसहित जिल्लाभर करिव ११ सय लालपुर्जा फुकुवा गरेको छ । त्यस्तै नयाँ जग्गा नापजाँच र यही वैशाख पहिलो हप्तादेखि राजश्व संकलन गर्ने र पुर्जा वितरण गर्ने राष्ट्रिय भूमि अयोग जिल्ला समितिले जनाएको छ ।